डा. तोशिमा कार्कीको पाथिभरा मुकुमलुङ विकास विवाद समाधानको लागि आग्रह

काठमाडौ, डा. तोशिमा कार्कीले प्रतिनिधि सभा बैठकमा देशको आर्थिक उन्नति को लागी आफ्नो ठाउमा विकास हुन जरुरी रहेको कुरा बताउनु भयो । उहाले भन्नुभयो आफ्नो ठाउमा विकास हुनुहुदैन कसले भन्ला र नाफा मुलक व्यवसाय नगरी देशको आर्थिक उन्नति हुन्न भन्ने कुरामाअसहमत को होला र तर कुनै पनि ठाउमा गरिने विकास त्यहाँको नागरिकलाई छुनु पर्दछ । विकास र व्यापार आनियाँत्रित भएमा त्यसले समाजको मनोभावलाई बिथोल्छ र आर्थिक बिपत पनि निम्त्याउनु सक्छ। अन्तराष्ट्रिय सन्दी र आयलो १६९ देखि हाम्रा थुप्रै कानुनी प्रावधानहरुले विकाश र व्यापारलाई निर्धेषित गरि स्थानीयको सहभागितालाई अधिकारको रुपमा सुनिश्चित गरेको छ । कसको विकास कसरी विकास र कसको लागि विकास भन्ने नीतिहरु छन्। आर्थिक र व्यावसायिक विकास संगै त्येस ठाउँ को धार्मिक संस्कृतिक र सामजिक अस्तित्वो र महत्वोको संरक्षणलाई पनि उतिकई प्राथमिकतामा राखिनु पर्दछ तर दुखको कुरा पाथिभरा मुकुमलुंगमा बर्षौ देखि केबल कर निर्माण आयोजना विभाजित भएको छ पटक पटक स्थानिय र प्रहरी प्रसाशन बिच झडप हुने नागरिकहरु घाइते हुने धनजनको क्षति हुने र गोली समेत चल्ने गरेको छ ।

हिजो पनि त्यहाँ असम्मनिया र अशान्त स्थिति बन्न पुग्यो अहिले कर्फ्यु लागेको स्थिति छ। यसरी राज्यको अकर्मनियताको कारण नेपालीहरु yes केबल कार र no केबल कारमा विभाजित भएका छन् लदाईको स्थितिमा छन् अराजक छन् आक्रोशित छन् र सरकारले उचित निकाश दिन सकेको छैन । समाजवादको नारा भजाउने पार्टीहरु नै अहिले सरकारमा छन् र सरकारले यसरी जनता प्रति देखाएको अभिभावाकता येही हो त म प्रश्न गर्न चाहन्छु . पाथिभरा मुकुमलुङमा संरचनाहरु निर्माण गर्दा विवाद रहित बनाउनु पर्ने दयित्वो त्यको सम्बन्धित आयोजना समिति र राज्यको थियो तर त्यसो हुन सकेन गत साल पनि सम्झौता भएको थियो सहमति बेगर केहि पनि कार्य नगर्ने भनेर तर त्येसो भएन येही माघ २२ गते पनि सम्झौता भयो तर त्यो ६ बुदे सम्झौता पनि उलंघन गरेर निसर्त रिहा गरिने भनेको प्रक्राउ परेकाहरुलाई धरौटीमा रिहा गरियो । यसरी सरकार प्रतिको विश्वास पनि डगमगाएको स्थिति छ ।सभामुख महोदय जुन ठाउमा विकासका योजना लगिन्छ त्येही ठाउँमा जनता माथि लाठी प्रहर गरेर गोलि चलाएर जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनाश भन्ने म राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अनुरोध गर्न चाहन्छु। त्यहाँ भइरहेको निर्माण भइरहेको कार्य तत्कालको लागि स्थगन गरेर सम्पूर्ण सरकार वाल पक्षहरू समर्थन पक्षहरू आन्दोलन पक्ष र आयोजक पक्ष नागरिकहरूसँग संवाद गरेर त्यो विषयलाई सम्बोधन गरियोस् बल मार्फत होइन वार्ता मार्फत समाधान गरियोस् भनेर सम्बोधन गर्नू भयो ।


https://www.facebook.com/profile.php?id=61552081647720

Leave a Reply

Your email address will not be published. Required fields are marked *