त्रिभुवन विश्वविद्यालयको आईटी कोर्स ( बिसीए) : नेपालमै छैन मान्यता ।

त्रिभुवन विश्वविद्यालयका क्याम्पसले आईटी कोर्स भनेर पढाउने सेमेस्टर प्रणालीको बिसीएलाई नेपालकै सरकारी बैंकहरुले मान्यता नदिएको पाईएको छ। क्याम्पसहरूले आईटी कोर्स भनेर प्रचार गरे पनि नेपाल राष्ट्र बैंकमा आवेदन दिदा उक्त कोर्सलाई मान्यता नदिएपछि यसको सच्चाइ बाहिर आएको हो।
२०७४ सालदेखि सुरु भएको उक्त कोर्सको नाम ब्याचलर इन कम्प्युटर एप्लिकेसन रहे पनि त्रिभुवन विश्वविद्यालयले यसलाई मानविकी तथा सामाजिक शास्त्र संकाय भित्र राखेको हुदा देश तथा विदेशमा आईटीको मान्यता नपाएको जानकारहरु बताउँछन। ४ बर्षे भनिने उक्त कोर्स सकिन ६ बर्ष सम्म लाग्ने गरेको छ। यो सुरु भएको धेरै बर्ष नभएको र २०७४ सालमा भर्ना भएकाहरुको नतिजा आएको पनि धेरै नभएको कारण यसको कमी कमजोरीहरु बाहिरिएको थिएन। पहिलो ब्याचको विद्यार्थीले बैंकको जागिरको लागि आवेदन दिदा यो कोर्सले मान्यता नदिए पछि यो तथ्य बाहिरिएको हो।

अन्य विश्वविद्यालयहरुले विज्ञान वा इन्जिनियरिङ संकायमा राखेको बिसीएलाई त्रिभुवन विश्वविद्यालयले भने मानविकी तथा सामाजिक शास्त्र भित्र राखेको छ। नेपालका विभिन्न सरकारी संस्थाले जागिर खोल्दा कम्प्युटर इन्जिनियर वा सो सरहको कम्प्युटर विषय लिई उत्तीर्ण गरेको हुनु पर्ने भनेर विज्ञापन खुलाउँदा अन्य विश्वविद्यालयका बिसीए उत्तीर्ण विद्यार्थीहरुले आवेदन दिन पाउछन् भने त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले पाउदैनन। लाखौ खर्च गरेर पनि जागिर खानको लागि आवेदन दिन नपाउँदा विद्यार्थीहरु चिन्तित छन्।
त्यसो त यो पाठ्यक्रमलाई राम्रो बनाउन कसैको ध्यान गएको छैन। आईटी कोर्ष भनेपनि पाठ्यक्रम भने ९० दशकको छ। विश्वविद्यालयले पनि पाठ्यक्रम राम्रो बनाएर विद्यार्थी बढाएर आम्दानी बढाउनु भन्दा पनि प्रश्नपत्र गाह्रो बनाएर बढी विद्यार्थी फेल गराएर पुन परिक्षा गराएर आम्दानी बढाउन तिर लागेको छ। नेपालकै सबै भन्दा ठुलो विश्वविद्यालयले लाखौ विद्यार्थीहरुको भविष्य अन्योलमा पारेको छ।
सबै विषय आईटी संग सम्बन्धित रहेको हुदा उक्त कोर्सलाई विज्ञान तथा प्रविधि संकायमा सार्नु पर्छ। यसको लागि न त कुनै विद्यार्थी संगठनले पहल गर्छन न त विश्वविद्यालय आफैले पहल गर्छ। जागिर खान नमिल्ने कोर्सलाई कि त विश्वविद्यालयले खारेज नै गर्नु पर्छ हैन भने प्रमाण पत्रमा मानविकी तथा सामाजिक शास्त्र भनेर उल्लेख गर्नु हुदैन।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

Magic7 Pro को AI Photo Upscale द्वारा 115 वर्षको Manchester United इतिहासलाई जीवन्त बनाउँदै पुराना तस्वीरलाई नयाँ जीवन: AI Photo...
महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंकले मिति २०८१ फागुन १५—१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथ...
म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दी, १८ फागुनः मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्य...
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

मध्यविन्दु (नवलपरासी), १८ फागुनः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्याव...