
BYD द्वारा नेपाल भर फास्ट चार्जिङ्गको विस्तार, पहिलो चरणमा ११ डीसी चार्जरको जडान
BYD Auto Industry Co. Ltd को नेपालका लागि आधिकारिक वितरक Cimex Inc. Pvt. Ltd. ले देशका मुख्य मुख्य स्थानहरुमा ११ DC फास्ट चार्जर जडान गरि बिद्ध्युतीय साधनको क्षेत्रमा महत्वपूर्ण मार्गचित्र कोर्न सफल भएको छ।
नयाँ जडित DC फास्ट चार्जर देशका मुख्य शहरहरु, पोखरा, नेपालगंज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएको छ। यी चार्जर हरु मध्ये, १० ओटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने छ भने मुलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट चार्जर बाट सुसज्जित छ।
यसरी, Cimex द्वारा पहिलेनै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरिएको हो। यी चर्जिङ्ग पुर्वाधारहरुको सर्वसुलभ र व्यापक स्थापनाले, सवारी साधनमा दिगो समाधान खोज्ने कम्पनीको प्रतिबद्धतालाइ अझै स्पष्ट पारेको छ।
चर्जिङ्ग स्थानहरु ठ्याक्कै कहाँ छ...