BYD द्वारा नेपाल भर फास्ट चार्जिङ्गको विस्तार, पहिलो चरणमा ११ डीसी चार्जरको जडान

BYD Auto Industry Co. Ltd को नेपालका लागि आधिकारिक वितरक Cimex Inc. Pvt. Ltd. ले देशका मुख्य मुख्य स्थानहरुमा ११ DC फास्ट चार्जर जडान गरि बिद्ध्युतीय साधनको क्षेत्रमा महत्वपूर्ण मार्गचित्र कोर्न सफल भएको छ।
नयाँ जडित DC फास्ट चार्जर देशका मुख्य शहरहरु, पोखरा, नेपालगंज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएको छ। यी चार्जर हरु मध्ये, १० ओटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने छ भने मुलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट चार्जर बाट सुसज्जित छ।
यसरी, Cimex द्वारा पहिलेनै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरिएको हो। यी चर्जिङ्ग पुर्वाधारहरुको सर्वसुलभ र व्यापक स्थापनाले, सवारी साधनमा दिगो समाधान खोज्ने कम्पनीको प्रतिबद्धतालाइ अझै स्पष्ट पारेको छ।
चर्जिङ्ग स्थानहरु ठ्याक्कै कहाँ छन्? र, तिनको सम्पर्क नम्वरका लागि Cimex को अधिकारिक वेबसाइट http://cimex.com.np/charging–stations मा गएर हेर्न सकिनेछ।
बिद्ध्युतीय साधन चार्जिङ्ग स्टेसनको बढ्दो मागको सम्बोधन गर्दै, Cimex ले चार्जिङ्ग नेटवर्कहरुको थप विकास र विस्तार गर्ने योजना राखेको छ। साथै, थप १८ DC फास्ट चार्जरहरु पनि संचालनमा ल्याइने छन्।
BYD ATTO 3 का लागि ८८ किलोवाट सम्मको DC फास्ट चार्जिङ्गको प्रयोग गर्न सकिन्छ भने BYD Dolphin मा ६० किलोवाट सम्मको चार्ज दिन सकिन्छ। यसले ३० देखि ४५ मिनेटमा BYD बिद्ध्युतिय साधनहरुलाइ ८०% सम्म चार्ज गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ...
घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेप...
असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असार २७, २०८२ काठमाडौँ — ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गरिएको छ ...
मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

असार २७, २०८२ काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति घोषणा गरिरहेका छन् । ...