ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौँ दम्पत्ति

सुन्दरबजार (लमजुङ), १४ फागुनः शिवरात्रिमा रातभर उभिएर महादेवको नाउँमा बत्ती बाल्दा सन्तान प्राप्ति हुने विश्वासका कारण यहाँको ईशानेश्वर महादेव मन्दिरमा बत्ती बाल्न आज देशका विभिन्न स्थानबाट भक्तजनहरु करापुटार आइपुगेका छन् ।

लमजुङ र कास्कीको सिमानामा पर्ने ईशानेश्वरलाई सन्तानेश्वर महादेवको नामले समेत चिनिन्छ । यहाँ बर्सेनि हजारौँले भक्तजनले ठाडो बत्ती बाल्ने गर्दछन् । सन्तान प्राप्तिका लागि बत्ती बाल्नेहरु सन्तान प्राप्त भएपछि आफ्ना सन्तान देखाउनसमेत यहाँ आउने गर्छन् ।

नवलपुर देखि ठाडो बत्ती बाल्न आउनुभएकी शान्ता बिष्टले ईशानेश्वरको महिमा सधैँ सुन्ने गरेको र यसपटक आफैँ आएको बताउनुभयो । बिष्टका अनुसार उहाँको बिहे भएको सात बर्ष भएपनि सन्तान नभएपछि सन्तान प्राप्ति हुन्छ भन्ने बिश्वासले दम्पत्तिसहित आउनुभएको हो ।

त्यसैगरी गोरखाकी विपना थापाले आफू तेस्रो पटक ईशानेश्वर आएको बताउनुभयो । दुई बर्ष अगाडि श्रीमानसहित यहाँ आएर ठाडो बत्ती बालेपछि गतवर्ष छोरो जन्मिएपछि यसपटक नौ महिनाको छोरो देखाउन आएको उहाँले बताउनुभयो ।

रातभर जाग्राम रहनेलाई मनोरञ्जन प्रदान गर्न विभिन्न किसिमका कार्यक्रम आयोजना गरिने ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । यस वर्षदेखि मन्दिर परिसरमा १०८ धारा र गौरीकुण्डसमेत निर्माण गरिदिएकाले मेला भर्नेको सङ्ख्या वृद्धि भएको समितिले जनाएको छ ।

लमजुङ, तनहुँ, गोरखा, स्याङ्जा, चितवन, कास्की, बागलुङ, काठमाडौँलगायतका जिल्ला र भारतबाटसमेत यहाँ भक्तजन आएका छन् । यस वर्ष दुई दिनसम्म सञ्चालन हुने गरी खुल्ला भजन प्रतियोगितासमेत आयोजना गरिएको छ ।

शिवरात्रिको अवसरमा आज बिहान ४ बजेदेखि मन्दिरमा दूध चढाउनेको भीड लागेको छ ।

पौराणिक मान्यता अनुसार श्रीस्वस्थानी व्रतकथामा महादेवले सतिदेवीको मृत शरीर लिएर हिँड्दा यस स्थानमा पुगेपछि सतिदेवीको दायाँ तिघ्रा पतन भएको मानिन्छ । यस पूण्यभूमिमा तारकेश्वर महादेव उत्पन्न भई ईशान कोणमा अवस्थित रहेको कारण ईशानेश्वर महादेव नामकरण गरिएको मान्यता छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा नेपालले वैदेशिक रोज...
संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं आज बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पा...
रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

 ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: रसुवा रसुवा जिल्लाको रसुवागढी सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आएको भीषण बाढी...
थुनिएको म्याग्दी नदी बग्न थाल्यो

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी, २५ असार धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग...