‘किसानकै पक्षमा काम गरिरहेका छौँ’

काठमाडौँ, १५ फागुन : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले किसानकै पक्षमा काम गरिरहेको बताउनुभएको छ ।

युवा किसान सञ्जालले आज यहाँ आयोजना गरेको किसान सम्मान एवं अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले आफुले मन्त्रालयको नेतृत्व सम्हालेको आठ महिनामा भएका कार्य समग्र कृषि र किसानको पक्षमा भएको बताउनुभयो । अझै थुप्रै कामहरु गर्न वाँकी रहेकाले सकारात्मक प्रतिफल देखिँदै जाने उहाँको भनाइ थियो ।

कृषि विधेयक चाँडै अघि बढाउने गरी मन्त्रालयले काम गरिरहेको जानकारी उहाँले दिनुभयो । विधेयक चाँडै मन्त्रिपरिषद हुँदै संसद्मा पुग्न लागेको र कृषिमार्फत गरिबी घटाउँदैै कम्तीमा आफ्नै हैसियतमा बाँच्न सक्ने अवस्थामा पुर्याउने लक्ष्य ऐनले बोकेको मन्त्री अधिकारीले बताउनुभयो ।

किसानलाई परिचय पत्र वितरण यसै वर्षदेखि सुरु गर्न लागेको बताउँदै उहाँले प्रधानमन्त्रीबाट परिचयपत्र वितरण सुरुवात गर्ने तयारी भएको बताउनुभयो । मन्त्री अधिकारीले कृषि मन्त्रालयमार्फत विगत पाँच वर्ष यता अनुदान लिएकाको नाम सार्वजनिक गरिएको बताउँदै कृषि र किसानका नाममा रु एक खर्ब सात अर्ब वितरण भएकाले यसको उपलब्धि खोज्ने काम भएको बतानाउनुभयो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ...
घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेप...
असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असार २७, २०८२ काठमाडौँ — ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गरिएको छ ...
मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

असार २७, २०८२ काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति घोषणा गरिरहेका छन् । ...