‘विकासको पहिलो खुड्किला शिक्षा’

हेटौँडा, १५ फागुन : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विकासको पहिलो खुड्किला शिक्षा भएकाले सबै मिलेर शिक्षा क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आज तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालयको ४३औँ वार्षिक उत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै उहाँले शिक्षाविना विकासको परिकल्पना गर्न नसकिने बताउँदै शिक्षा क्षेत्र बिग्रे सबै क्षेत्रको विकास निरर्थक हुने बताउनुभयो । उहाँले प्रदेश सरकारले विद्यालय सुधारमा सहयोग गरिरहेको बताउँदै प्रदेश विश्वविद्यालय खोल्न पाउने प्रदेश सरकारको एकल अधिकारको प्रयोग गरिरहेको जानकारी दिनुभयो । ‘पढ्दै कमाउँदै’ को अवधारणा अनुरूपको शिक्षामा जोड दिँदै मुख्यमन्त्री लामाले व्यावसायिक शिक्षामा केन्द्रित हुन आग्रह गर्नुभयो ।

होटल म्यानेजमेन्ट सङ्काय कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको खाना महोत्सवका साथै विज्ञान तथा सामाजिक विषयका शैक्षिक प्रदर्शनीको मुख्यमन्त्री लामाले अवलोकन गर्नुभएको थियो । वार्षिक उत्सवको अवसरमामा उत्कृष्ट शिक्षक, शिक्षिका, विद्यार्थी, कर्मचारी, पत्रकारलाई सम्मान गरिएको थियो । हाल यस विद्यालयमा एक हजार एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

Magic7 Pro को AI Photo Upscale द्वारा 115 वर्षको Manchester United इतिहासलाई जीवन्त बनाउँदै पुराना तस्वीरलाई नयाँ जीवन: AI Photo...
महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंकले मिति २०८१ फागुन १५—१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथ...
म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दी, १८ फागुनः मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्य...
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

मध्यविन्दु (नवलपरासी), १८ फागुनः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्याव...