समाज परिवर्तनका लागि चलचित्र प्रभावकारी माध्यम होः मुख्यमन्त्री सिंह

महेन्द्रनगर (धनुषा), १६ फागुनः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले समाज परिवर्तनका लागि चलचित्र प्रभावकारी माध्यमका रूपमा रहेको धारणा राख्नुभएको छ ।

जनकपुरधाममा संवाद फाउण्डेशनको आयोजनामा आजदेखि सुरु भएको तीन दिवसीय ‘जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव’को आज उद्घाटन गर्दै उहाँले चलचित्रले कला, संस्कृति र परम्परालाई प्रस्तुत गरी सहज रूपमा बुझाउन सक्ने भएकाले यो सञ्चारको प्रभावकारी माध्यमका रूपमा रहेको बताउनुभयो ।

मुख्यमन्त्री सिंहले यस किसिमका महोत्सवले मिथिला क्षेत्रको कला, संस्कृतिलाई विश्व बजारमा पुर्‍याउनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता महोत्सव जनकपुरधाममा आयोजना हुँदा स्थानीय कलाकार उत्पादन हुने बताउनुभयो ।

मुख्यमन्त्री सिंहले जनकपुरधाम कला, संस्कृतिमा पुरानो र धनी क्षेत्र रहेको भन्दै यसको प्रचारप्रसार गर्दै पर्यटक प्रवर्द्धन गरी प्रदेशको आर्थिकस्तर वृद्धि गर्न सकिने धारणा राख्नुभयो । उहाँले आफ्ना बालबालिकाको सीप र क्षमता पहिचान गरी अगाडि बढ्न अभिभावकलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद जुलीकुमारी महतोले जनकपुरधामको समग्र विकासमा पूर्वाधार निर्माण आवश्यकता रहेको भन्दै ती पूर्वाधारहरू बनाउन तीन तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभयो । यहाँ अन्य चलचित्र छायाँकन हुने वातावरण तयार गर्न सबैको सहयोग आवश्यक रहेकोे उहाँले बताउनुभयो ।

जनकपुरधाम मुलुकका साथै विश्वमा पनि छुट्टैै पहिचान भएको क्षेत्र भएकाले प्रचारप्रसारका माध्यमबाट यहाँ अन्तरराष्ट्रियस्तरका चलचित्र निर्माणको वातावरण बनाएर यहाँको कला, संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने उहाँको भनाइ छ ।

मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकुमार रायले हाम्रा धार्मिक, सांस्कृतिक र परम्परालाई चलचित्रका माध्यमबाट विश्व समुदायसम्म पुर्‍याउँदै यहाँको पर्यटन प्रवर्द्धन गर्न सकिने उल्लेख गर्नुभयो । नेपाली चलचित्र र यहाँका सम्पदालाई विश्व बजारमा पुर्‍याउन यस्ता महोत्सवको आवश्यकता पर्ने उहाँको भनाइ छ ।

प्रदेशसभाका सांसद रामसरोज यादवले समाजमा रहेका विकृतिहरूको अन्त्यका लागि चेतना जगाउने काममा चलचित्र सशक्त र सबल माध्यम रहेको धारणा राख्नुभयो । प्रदेशसभाका सांसद दीपेन्द्र ठाकुरले जनकपुरधाम एउटा ऐतिहासिक ठाउँ भएकाले यसको विशेषतालाई विश्व समुदाय समक्ष पु¥याउने काममा चलचित्रको महत्वपूर्ण भूमिका रहने जिकिर गर्नुभयो ।

विश्व हिन्दू महासङ्घ नेपालका उपाध्यक्ष ज्योतसना साउदले यो महोत्सवले चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने तर्क राख्नुभयो । उहाँले चलचित्रमा देखाइने कतिपय सामग्री हाम्रै परिवेश र रहनसहनसम्बन्धी हुने भएकाले समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रभावकारी माध्यम बन्ने धारणा राख्नुभयो ।

फाउण्डेशनका अध्यक्ष कुमार भास्करको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उहाँले नेपाली चलचित्र र यहाँका परिवेशलाई अन्तरराष्ट्रियस्तरमा पुर्‍याउने, बजार प्रवर्द्धन तथा सम्भावना र अवसरको खोजी गर्ने, स्थानीय चलचित्र र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा मैथली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीसहितले महोत्सवको सफललताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । मैथिली विकास कोषको भवनमा तीन दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा १० विधाबाट चयन भएका कूल ७८ वटा फिल्म प्रदर्शन गरिने छन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा नेपालले वैदेशिक रोज...
संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं आज बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पा...
रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

 ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: रसुवा रसुवा जिल्लाको रसुवागढी सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आएको भीषण बाढी...
थुनिएको म्याग्दी नदी बग्न थाल्यो

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी, २५ असार धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग...