‘तीनै तहमा विज्ञापन बोर्डको संयन्त्र आवश्यक’

कर्णाली, १८ फागुनः नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतको समन्वयमा विज्ञापन बोर्डद्वारा आयोजित ‘विज्ञापनको नियमन तथा लोक कल्याणकारी विज्ञापन’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार सुर्खेतमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईँले तीनै तहमा विज्ञापन बोर्डको संयन्त्र हुनुपर्ने र यसका लागि स्थानीय तहसम्म विज्ञापन नियमन तथा अनुगमनको कानुन बनाउनेगरी छलफल भइरहेको पनि जानकारी दिनुभयो ।

अध्यक्ष हुमागाईँले भन्नुभयो, “कानुनले बाध्य बनाएका विज्ञापनबाहेक स्थानीय तहले स्थानीय सञ्चारमाध्यमलाई नै विज्ञापन दिने व्यवस्था हामीले गरेका छौँ । २०८१ साल जेठ ३१ गते प्रदेशमा कस्तो कानुन बनाउने भनेर प्रदेश निर्देशिका पठाइसकेको बताउनुभयो । सोहीअनुसार कानुन बनाउने र त्यसको अनुगमन तथा नियमन गर्ने अधिकार पनि सोही तहलाई दिने व्यवस्था गरिएको छ ।”

सातै प्रदेशका सञ्चार मन्त्रालयका सचिव र कानुन उपसचिवलाई बोलाएर छलफल गर्नुका साथै प्रदेश तथा स्थानीय तहमा कानुन निर्माणका लागि निर्देशिका पठाइसकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार कानुनमा प्रदेशमा सचिवको संयोजकत्वमा छ सदस्यीय अनुगमन तथा नियमन समिति बनाउने परिकल्पना गरिएको छ । त्यसले प्रदेशभरिको विज्ञापनको अनुगमन तथा नियमन गर्ने छ ।

स्थानीय तहका विज्ञापनमा अझ बढी विकृति र बेथिति रहेको जनाउँदै अध्यक्ष हुमागाईँले भन्नुभयो, “विज्ञापन दिने निकायले एजेन्सीलाई विज्ञापन दिँदा त्यसले मिडियालाई दिन्छ । भुक्तानी गर्दा मिडियालाई १० हजार दिन्छ तर विज्ञापन दिने निकाय र एजेन्सीको बीचमा बाँकी सबै हराउँछ । यस्तो बेथिति रोक्न अहिले नियमावली संशोधनपश्चात मिडियाको बिल राखेर मात्र एजेन्सीलाई १५ प्रतिशत थप शुल्क लगाएर भुक्तानी देउ भनेका छौँ ।”

उहाँले विज्ञापनको अनुगमन तथा नियमनका लागि बोर्ड स्वयंले देशैभरि गर्न नसक्ने भन्दै प्रदेश तथा स्थानीय तहमा कानुन निर्माणमा पहल गर्न नेपाल पत्रकार महासङ्घ प्रदेश तथा जिल्ला कार्यसमितिलाई अनुरोध गर्नुभयो । बोर्ड आइसकेपछि नियमावलीको दफा ११ बमोजिम विज्ञापन नियमन गर्ने व्यवस्था गरेको जनाउँदै अध्यक्ष हुमागाईँले सञ्चारमाध्यममको बिलको प्रतिलिपिमा १५ प्रतिशत थप गरेर भुक्तानी मागे दिनुपर्नेबाहेक अरु गर्न नहुने भनिएको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय कार्यसमिति सदस्य नगेन्द्र उपाध्याय, कर्णाली प्रदेश कार्यसमिति अध्यक्ष विष्णुप्रसाद शर्मा, सुर्खेत जिल्ला अध्यक्ष सुशीलराज शर्माले प्रदेश सरकारका साथै स्थानीय तहमा विज्ञापन अनुगमन तथा नियमनसम्बन्धी कानुन निर्माण गराउन पहल गर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा नेपालले वैदेशिक रोज...
संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं आज बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पा...
रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

 ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: रसुवा रसुवा जिल्लाको रसुवागढी सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आएको भीषण बाढी...
थुनिएको म्याग्दी नदी बग्न थाल्यो

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी, २५ असार धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग...