सार्वजनिक सञ्चारमाध्यमका पत्रकारका लागि क्षमता विकास कार्यक्रम

काठमाडौँ, १८ फागुनः आमसञ्चारलाई व्यावसायिक, खोजमूलक र विश्लेषणत्मक बनाउने उद्देश्यले सार्वजनिक सञ्चारमाध्यममा क्रियाशील पत्रकारका लागि एक दिवसीय क्षमता विकास कार्यक्रम आयोजना गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना र राष्ट्रिय समाचार समिति (रासस)को व्यवस्थापनमा आयोजित क्षमता विकास कार्यक्रममा सार्वजनिक सञ्चारमाध्यमका करिब ४० जना पत्रकारको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गजेन्द्रकुमार ठाकुरले पत्रकारको अभिमुखिकरण कार्यक्रमले व्यावसायिक पत्रकारितामा निखार ल्याउन र भइरहेका अभ्यासबारे विचार, अनुभव, ज्ञान र सीप आदन–प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “मन्त्रालयले नीति बनाउने र क्षमता विकासका कार्यक्रमलाई प्राथमिकता दिएर क्षमता विकासको प्याकेजलाई आगामी दिनमा कसरी लैजान सकिन्छ भनेर एक दिने अभिमुखीकरण आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “यसबाट आगामी दिनमा क्षमता विकासको प्याकेज र नीतिगत रुपमा गर्नुपर्ने सम्बोधनलगायत विषयमा राय सुझाव लिन मद्दत पुग्नेछ ।”

निमित्त सचिव ठाकुरले अभिमुखीकरण कार्यक्रमलाई समन्वय र व्यवस्थापन गर्ने कार्यमा राससले खेलेको भूमिकाप्रति मन्त्रालयकोतर्फबाट आभार प्रकट गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई नतिजामूलक बनाउन समन्वय र सहकार्य गरेर मन्त्रालय अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता जगतमा नयाँ–नयाँ प्रयोग भइरहेको सन्दर्भमा सार्वजनिक सञ्चारमाध्यममा क्रियाशील पत्रकारको क्षमता अभिवृद्धिका लागि कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । पछिल्ला दिनमा नेपाली मिडियामा खोजमुलक र व्यावसायिक पत्रकारिताको अभाव खड्किएको र औपचारिकतालाई बढी प्राथमिकता दिइरहेको सन्दर्भमा व्यावसायिक पत्रकारिताको उच्चतम अभ्यासलाई ध्यान दिएर अभिमुखीकरण गरिएको बताउनुभयो । “तालिम, अभिमुखीकरणजस्ता विषयवस्तुले जहिले पनि नयाँ र केही न केही फरक विषयवस्तुबारे जानकारी दिन मद्दत गरिरहेको हुन्छ”, उहाँले भन्नुभयो, “पत्रकारितामा हरेक क्षण र समयमा नयाँ–नयाँ कुरा आइरहने हुनाले पत्रकारले नयाँ प्रयोग र सम्भावनालाई कसरी आफूलाई तम्तयार भएर प्रस्तुत गर्नेभन्नेबारे यस्ता कार्यक्रम उपयोगी हुनेछ ।”

स्रोतमार्फत पनि पत्रकारिता प्रभावित भइरहेको छ भन्दै उहाँले नेपालको सन्दर्भमा खोजी पत्रकारिता र स्रोतसँगको सम्बन्धलाई बलियो बनाउन पनि यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले सार्वजनिक सञ्चार माध्यममा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धिका साथै समाचार कक्षमा भइरहेका नयाँ प्रयोगलाई कसरी अवलम्बन गर्नसकिन्छ भन्नेबारे तालिम प्रशिक्षणबाट आवश्यक ज्ञान र अनुभव हासिल हुने धारणा व्यक्त गर्नुभयो । क्षमता विकास कार्यक्रममा मिडियामा सूचना प्रविधिको प्रयोग, खोज पत्रकारिताका लागि स्रोत व्यवस्थापन र नेपाली पत्रकारितालाई समयसापेक्ष बनाउन आगामी दिनमा चाल्नुपर्ने कदमबारे सुझाव प्राप्त हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सञ्चार मन्त्रालयका उपसचिव ममता बास्तोलाले मन्त्रालयले वार्षिक रुपमा गर्ने कार्यक्रमलाई के कसरी अगाडि बढाउने सन्दर्भमा सार्वजनिक प्रशारण संस्थामा कार्यरत पत्रकारहरुको सुझाव प्राप्त गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । उहाँले मन्त्रालयले तय गर्ने आगामी कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यक्रमबाट सुझाव प्राप्त हुने अपेक्षा गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव ठाकुर, खोज पत्रकारिता केन्द्रका संस्थापक अध्यक्षसमेत रहनुभएका वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, राससका कार्यकारी अध्यक्ष झालगायतले प्रशिक्षण दिनुहुनेछ । रासस, गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल र नेपाल टेलिभिजन, प्रेस काउन्सिल नेपाललगायतका प्रतिनिधि क्षमता विकास कार्यक्रममा सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:

Magic7 Pro को AI Photo Upscale द्वारा 115 वर्षको Manchester United इतिहासलाई जीवन्त बनाउँदै पुराना तस्वीरलाई नयाँ जीवन: AI Photo...
महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंक द्वारा वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि वाकाथन सम्पन्न

महालक्ष्मी विकास बैंकले मिति २०८१ फागुन १५—१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथ...
म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दीको प्रभुुचेलामा सामुदायिक ‘ध्यान केन्द्र’ स्थापना

म्याग्दी, १८ फागुनः मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक ध्यान केन्द्र स्थापना भएको छ । परापूर्वकालमा ऋषिमुनिहरूले तपस्य...
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

मध्यविन्दु (नवलपरासी), १८ फागुनः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्याव...