विकास सुरु गर्नुअघि अनुसन्धान हुन आवश्यक छ : मन्त्री गुरुङ

काठमाडौँ, १५ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासका कार्य प्रभावकारी र सफल बनाउन अनुसन्धानको पाटोलाई सँगै लैजानुपर्ने बताउनुभएको छ ।

नेपाल ‘फेमिली कोर्ट स्टडी’ले आज काठमाडाँैमा आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले अध्ययन अनुसन्धान नगरी हचुवाका भरमा विकास निर्माण तथा योजना तर्जुमा गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले कुन ठाउँमा के विकास गर्ने, कसरी गर्ने र त्यसको दीर्घकालीन प्रभाव के हुन्छ भन्ने विषयमा न्यूनतम जाँचबुझ तथा अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।

शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा अनुसन्धान विधि अति आवश्यक रहेको उल्लेख गर्दै मन्त्री गुरुङले भन्नुभयो, “हामी कहाँ हचुवाका भरमा विकास हुन्छ, सम्बन्धित विषयमा अनुसन्धान गरेर योजना बनाउने अभ्यासको कमी छ, अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा अघि बढे सफल भइन्छ ।”

सरकारद्वारा प्रस्तुत बजेट, नीति तथा कार्यक्रमलाई सफल बनाउन स्पष्ट योजना तथा लक्ष्य पहिचान गरी बजेटको सिलिङ निर्धारण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा स्वास्थ्यसम्बन्धी अनुसन्धानात्मक गतिविधि र विभिन्न स्वास्थ्य अवस्थामाथि छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...