चुमनुब्रीमा सात सय धारा जडान

गोरखा, १८ चैत : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा ‘चुमनुब्री बृहत् योजना’ अन्तर्गत सात सय धारा जडान भएका छन् ।

गण्डकी प्रदेशको ‘एक घर एक धारा’ अभियानअन्तर्गत चुमनुब्रीमा उक्त योजना लागू भई खानेपानीको धारा जडान भएका हुन् । आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता भएको चुमनुब्री बृहत् योजनाको हालसम्मको भौतिक प्रगति ८५ प्रतिशत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले जनाएको छ । सो पालिकाको वडा नं २, ३, ४, ५ र ६ मा योजना लागू भएको कार्यालयका सव–इञ्जिनियर दीपक खनालले बताउनुभयो । उहाँका अनुसार कार्यालयले योजनाको जिम्मा पराजुली होम निर्माण सेवा कम्पनीलाई दिएको थियो । जसअन्तर्गत हालसम्म सात सय घरधुरीमा खानेपानीका धारा जडान भइसकेका छन् ।

योजना सम्पन्न गर्ने म्याद २०८३ असार मसान्तसम्म छ । गाउँपालिकाभर सात सय घरधुरीमा धारा निर्माणका लागि कम्पनीसँग रु छ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो । “पालिकाको पाँच वडाहरुमा गरेर जम्मा सात सय वटा धारा जडान गर्न सम्झौता भएको थियो”, उहाँले भन्नुभयो, “जसअन्तर्गत लगभग सबै धारा जडान भइसकेका छन् । छिटोभन्दा छिटो योजना सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ ।”

योजना अन्तर्गत केवल क्रसिङ र केही ठाउँमा पाइपलाइन वितरण बाँकी रहेको उहाँले बताउनुभयो । कार्यालयले पूर्वाधार निर्माणको जिम्मा लिए पनि खानेपानीको मुहान सुनिश्चितताको काम स्थानीय सरकारको रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “खानेपानी मुहान दर्ताको काम उहाँहरुले नै हेर्नुहुन्छ । हामीले आवश्यक समन्वय गर्छौँ ।”

भौगोलिक विकटताका कारण चुमनुब्रीमा योजना सञ्चालन गर्न असहज भए पनि काम अन्तिम चरणमा पुगेको सव–इञ्जिनियर खनालको भनाइ छ । जिल्लामा ‘एक घर एक धारा’ कार्यक्रम लागू भएको छ वर्ष बितिसक्दा हिमाल पारीको चुमनुब्री गाउँपालिकामा हालसम्म खानेपानीको अभाव छ । बृहत् खानेपानी योजना सम्पन्न भएसँगै खानेपानीको समस्या समाधान हुने अपेक्षा चुमनुब्री बासीको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...