चुरे संरक्षणमा राज्यका अङ्गबीच समन्वय र सहकार्यमा जोड

सिरहा, १८ चैत : चुरे विनाशले मधेसका जिल्लामा प्रतिकूल असर पारेकाले यसको संरक्षणमा तीनै तहको सरकारको साथसाथै राज्यका अङ्गबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् ।

‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने मूल ध्येयका साथ मधेस प्रदेश वन तथा वातावरण मन्त्रालयले यहाँको लहानस्थित हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्रको सभाहलमा आयोजित चुरे सम्वाद कार्यक्रमका वक्ताहरुले चुरे संरक्षणका लागि सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकार भएका निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका हुन् ।

कार्यक्रमका मधेस प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले चुरे क्षेत्र मधेसको जीवनसँग जोडिएको बताउँदै यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो । “राज्यका निकायले चुरे क्षेत्रलाई आफ्नै ठानेर समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा यसको संरक्षणमा जोड दिन आवश्यक छ”, उहाँले भन्नुभयो, “चुरेले सबैलाई समेट्ने भएकाले स्थानीय पालिका प्रमुखको नेतृत्वमा समन्वय र सहकार्य गरिँदा उत्तम देखिन्छ ।”

कार्यक्रममा प्रदेश वन निर्देशनालय जनकपुरका प्रेदश वन निर्देशक जगन्नाथ प्रसाद जयसवालले वन विनास र चुरे क्षेत्रको प्राकृतिक स्रोतसाधन माथिको अवैध दोहनका कारण जमिन मुनिको पानीको सतह सुक्दै गएकाले स्थिति भयावह बन्दै गएको बताउनुभयो । उहाँले चुरे संरक्षणका लागि सबै निकाय र संयन्त्र उत्तिकै जिम्मेवार रहेकाले जमिनमा ‘वाटर रिचार्ज’ का लागि जलाधार क्षेत्रको संरक्षण तथा पानी पोखरी निर्माणमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरि डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले चुरेको अवस्था र यसको संरक्षण तथा व्यवस्थापनका लागि हालसम्म गरिएका कार्यक्रमको प्रगतिको अवस्थाबारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा धनुषा, सिरहा, सप्तरी र उदयपुर गरी चार जिल्लाका डिभिजन वन कार्यालयका प्रमुख तथा प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, स्थानीय तहका जन प्रतिनिधि, भू तथा जलाधार कार्यालयका प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...