‘गण्डकीलाई समृद्ध बनाउने मुख्य आधार पर्यटन’

ढोरपाटन (बागलुङ), २० चैत : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई समृद्ध बनाउने मुख्य आधार पर्यटन भएको बताउनुभएको छ । बागलुङमा आज आयोजित धार्मिक सम्मेलन तथा ऐतिहासिक चैत्राष्टमी मेलालाई सम्बोधन गर्दै उहाँले सम्भावना बोकेका क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धनमा प्रदेश सरकार लागेको बताउनुभयो ।

धार्मिक तथा पर्यटकीय हिसाबले गण्डकी प्रदेश अब्बल रहेको उल्लेख गर्दै हरेक वर्ष प्रदेश सरकारले करोडौँ रकम पूर्वधार निर्माण र प्रवर्द्धनमा लगानी गर्दै आएको उहाँको भनाइ छ । धार्मिक पर्यटकीय क्षेत्र घुम्न आउने पर्यटकलाई केही समय अडिने वातावरण बनाउँदा त्यसले प्रदेश र स्थानीय तहको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “प्राकृतिक सुन्दरता र धार्मिक हिसाबले गण्डकी प्रदेश पवित्र छ, बर्सेनि हजारौँ विदेशी धार्मिक पर्यटक यहाँ आउँछन्, उनीहरूलाई धेरै दिन यस क्षेत्रमा टिकाउनका लागि अझै धेरै पूर्वाधार निर्माण गर्न जरूरी छ, सीमित स्रोत साधानका कारण एकै पटक धेरै काम गर्न सकिएको छैन, यद्यपि क्रमिक रूपमा गर्दै जाने छौँ ।”

मुख्यमन्त्री पाण्डेलले नेपाल, बहुभाषा, बहुधर्म, बहुसंस्कृति भएको देशमा धार्मिक सहिष्णुता विथोल्ने प्रयास भएको बताउनुभयो । पछिल्लो समय अराजकता मौलाउँदै गएको भन्दै यस्ता गतिविधिलाई नियन्त्रण गर्न जरूरी रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताउनुभएको...

Pakistan, India expels each other’s diplomats

Pakistan and India each announced on Tuesday the expulsion of one diplomat from the other country, with both sides accusing the ...

Uttar Pradesh: All zoos, safari parks temporarily shut after tigress ‘Shakti’ dies of Avian Influenza

Uttar Pradesh: All zoos and safari parks in Uttar Pradesh have been temporarily closed as a precautionary measure following the ...

“Only a fool would not accept…”: Trump on Qatar’s gift of Boeing 747

Following reports of Qatar's gifting of a luxury Boeing 747-8 to the US, President Donald Trump emphasised that the aircraft wil...