नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी

काठमाडौँ, २० चैतः आँखा उपचार सेवाको विकास र विस्तारका लागि नेपाल नेत्रज्योति सङ्घ र थाइल्याण्डको महिडोल युनिभर्सिटीका बीचमा आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्को समुपस्थितिमा आज ती दुई संस्थाहरुबीच बैँककमा आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी भएको यहाँस्थित नेपाल नेत्रज्योति सङ्घले जनाएको छ ।

आँखा उपचार सेवाको विकास र विस्तारका लागि ज्ञान, विशेषज्ञता र प्रविधिहरू आदान–प्रदानका लागि दुई संस्थाहरुका बीचमा समझदारी भएको जनाइएको छ । उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्त र महिडोल युनिभर्सिटीका चिकित्सा सङ्काय, रामाथिबोडी अस्पतालका डिन प्राध्यापक आर्टिट उङ्कानन्तले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्झौताअनुसार अब दुई संस्थाले थाइल्याण्ड, नेपाल तथा अन्य देशहरूमा आँखा परीक्षणलगायतका आँखा हेरचाहसम्बन्धी कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्नेछन् । नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार नेपाल र थाइल्याण्डका नेत्र विशेषज्ञ तथा अन्य आँखा सेवामा संलग्न विज्ञहरूको अनुभव तथा क्षमता अभिवृद्धि गर्न संयुक्त रूपमा काम गर्नेछन् भने ‘इन्टर्नशिप’ तथा छात्रवृत्तिहरूको समेत आदानप्रदान हुनेछ ।

महिडोल विश्वविद्यालय थाइल्याण्डको सबैभन्दा पुरानो र प्रतिष्ठित चिकित्सा संस्था मानिन्छ । सन् १८८८ मा तत्कालीन राजा चुलालोङ्कोर्न (राम पञ्चम) द्वारा स्थापना गरिएको चिकित्सा अनुसन्धान र शिक्षामा उत्कृष्टता हासिल गरेको सो विश्वविद्यालयले स्वास्थ्य सेवाको प्रवद्र्धनमा विश्वव्यापी रूपमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको जनाइएको छ ।

सन् १९७८ मा स्थापना भएको नेपाल नेत्रज्योति सङ्घ नेपालकै अग्रणी गैरसरकारी संस्था रहेको छ । यसले सुलभ र गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र, र ४५ जिल्ला शाखामार्फत सङ्घले वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ भने तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ ।

दुई संस्थाका बीचमा भएको यो समझदारीले नेपाल–थाइल्याण्ड सहकार्यमा नयाँ अध्यायको सुरुआत गरेको बताइएको छ । यसले उच्च गुणस्तरको आँखा उपचार सेवा प्रदान गर्ने र यस क्षेत्रभरि रोकथाम गर्न सकिने अन्धोपन कम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास सङ्घले लिएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताउनुभएको...

Pakistan, India expels each other’s diplomats

Pakistan and India each announced on Tuesday the expulsion of one diplomat from the other country, with both sides accusing the ...

Uttar Pradesh: All zoos, safari parks temporarily shut after tigress ‘Shakti’ dies of Avian Influenza

Uttar Pradesh: All zoos and safari parks in Uttar Pradesh have been temporarily closed as a precautionary measure following the ...

“Only a fool would not accept…”: Trump on Qatar’s gift of Boeing 747

Following reports of Qatar's gifting of a luxury Boeing 747-8 to the US, President Donald Trump emphasised that the aircraft wil...