भूकम्पको क्षति आँकलन कार्य प्रभावकारी बनाउन उपप्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौँ, २१ चैत : प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाका नागरिकका निजी आवासको विस्तृत क्षति आँकलन कार्य प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले आज सिंहदरबारमा गर्नुभएको भेटका क्रममा उपप्रधानमन्त्री सिंहले त्यसका लागि मन्त्रालयबाट आवश्यक सहयोग रहने स्पष्ट पार्नुभयो । भेटका अवसरमा उहाँहरुबीच जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाका निजी आवासको विस्तृत क्षति आँकलनलगायतका विषयमा छलफल भएको थियो ।

सो अवसरमा कार्यकारी प्रमुख भट्टले मन्त्रालयबाट क्षति आँकलनका लागि खटिएका प्राविधिकको म्याद थप गरिदिन तथा अन्य प्राविधिक जनशक्ति थप गरिदिन उपप्रधानमन्त्री सिंह समक्ष आग्रह गर्नुभयो । उपप्रधानमन्त्री सिंहले क्षति आँकलनमा खटिएका प्राविधिकको म्याद थपिने आश्वासन दिनुभएको कार्यकारी प्रमुख भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...