डढेलो लाग्न नदिन उच्च सतर्कता

कञ्चनपुर, २२ चैत : वन डढेलो लाग्न नदिनका लागि डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएको छ । कार्यालयले डढेलो नियन्त्रणका लागि कर्मचारी, दमकल, ट्रयाक्टरलाई चौबीसै घण्टा तयारी अवस्थामा राखेको छ ।

वन क्षेत्रमा डढेलो लागेको जानकारी पाउनासाथ कर्मचारीलाई आवश्यक सामग्रीसहित नियन्त्रणका लागि पठाउने व्यवस्था मिलाइएको डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले बताउनुभयो ।

“सामुदायिक वन, चुरे संरक्षण सञ्जाल, सामुदायिक वन समन्वय समितिसँग समन्वय गरी डढेलो नियन्त्रण गर्न आवश्यक पर्ने सामग्री हामी उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो, “सामुदायिक वनलगायत संस्थाहरूले अग्नि नियन्त्रक टोली परिचालन गर्छन्, त्यसका लागि समन्वयको कार्य गरिएको छ ।” उहाँका अनुसार डढेलो नियन्त्रण गर्ने सामग्रीसहित कर्मचारी पनि खटिन्छन् ।

डढेलो लाग्न नदिन सामुदायिक वनका उपभोक्तालाई सचेत पार्ने कार्यसँगै वन क्षेत्रमा अग्निरेखा तयार गर्ने, चेतनमूलक कार्यक्रम सञ्चालन गर्ने कार्य अगाडि बढाइएको उहाँको भनाइ छ । यस वर्ष हिउँदे वर्षा नहुँदा जमिन सुक्खा रहेको उल्लेख गर्नुहुँदै कार्यालय प्रमुख ठाकुरले तापक्रममा वृद्धि हुँदा डढेलो लाग्ने सम्भावना उच्च बनेर गएको बताउनुभयो ।

“चुरे क्षेत्रमा डढेलो लागे भौगोलिक विकटताले गर्दा नियन्त्रण गर्न निकै चुनौती छ”, उहाँले भन्नुभयो, “डढेलो लाग्न नदिनका लागि निरोधात्मक उपाय अवलम्बन गरेका छौँ ।”

सामुदायिक वनका उपभोक्तालाई सचेत पारेकै कारण अहिलेसम्म डढेलो लागेको जानकारी नआएको उहाँले बताउनुभयो । डढेलोबाट हुने वन, जनधनको क्षति न्यूनीकरण गर्न सर्तक अवस्थामा रहेको उहाँ बताउनुहुन्छ ।

सामुदायिक वन समन्वय समिति कञ्चनपुरले आबद्ध ९४ वटा सामुदायिक वनमा २५ जनाका दरले अग्नि नियन्त्रक टोली गठन गरेको छ । डढेलो नियन्त्रणका लागि समन्वय समितिको संयोजकत्वमा अग्नि नियन्त्रक मूल समिति गठन गरी परिचालन गरिएको छ ।

एकीकृत सूचना प्रणालीमार्फत डढेलोको सूचना प्रवाह गर्ने व्यवस्था गरिएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले बताउनुभयो । “यस कार्यले डढेलो लागेको जानकरी डिभिजन वन कार्यालयसँगै आबद्ध सबै सामुदायिक वनलाई हुन्छ”, उहाँले भन्नुभयो, “जसले गर्दा डढेलो नियन्त्रण गर्न सहज हुन्छ, वन क्षेत्रमा भइरहेको पुनः उत्पादन भएका बिरूवालाई जोगाउन सकिन्छ, वनक्षेत्र नजिकका बस्तीमा डढेलो नलाग्दा धनजनको क्षति हुन पाउँदैन ।”

हाल लालझाडी करिडोर क्षेत्रका सामुदायिक वनमा अग्नि रेखा सफा गर्ने, कन्ट्रोल फायर (नियन्त्रित आगो)लगायत कार्य उपभोक्ताको उपस्थितिमा भइरहेको उहाँले जानकारी दिनुभयो ।

“वन क्षेत्रमा जथाभावी रूपमा आगो लगाउने, चुरोट बिडीका ठुटा फाल्ने, ज्वलनशील पदार्थको प्रयोग गर्ने कार्य गरेमा वनक्षेत्रमा क्षति भएमा हुने कानुनी प्रावधानका बारेमा सर्वसाधारणलाई सचेतना दिने कार्य गरिरहेका छौँ”, उहाँले भन्नुभयो । तराई क्षेत्रमा रूखबाट पात झर्ने भएकाले चैत, वैशाख र जेठमा बर्सेनि डढेलो लाग्ने गर्दछ ।

जसका कारण वनक्षेत्रमा ढलेपडेका, सुकेका काठमा आगो लाग्दा करोडौँको क्षति हुने गर्छ । डढेलोकै कारण अजिङ्गर, विभिन्न प्रजातिका सर्पलगायत उभयचर, चराचुरुङ्गी, जनावरको मृत्यु हुनुका साथै वन्यजन्तुको बासस्थान मासिने गर्दछ । वनक्षेत्रमा डढेलो लागेमा वन्यजन्तु बस्तीतर्फ जाँदा मानव–वन्यजन्तुबीचको द्वन्द्व बढ्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताउनुभएको...

Pakistan, India expels each other’s diplomats

Pakistan and India each announced on Tuesday the expulsion of one diplomat from the other country, with both sides accusing the ...

Uttar Pradesh: All zoos, safari parks temporarily shut after tigress ‘Shakti’ dies of Avian Influenza

Uttar Pradesh: All zoos and safari parks in Uttar Pradesh have been temporarily closed as a precautionary measure following the ...

“Only a fool would not accept…”: Trump on Qatar’s gift of Boeing 747

Following reports of Qatar's gifting of a luxury Boeing 747-8 to the US, President Donald Trump emphasised that the aircraft wil...