सिद्धेश्वर माविका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण

भोजपुर, २२ चैत : भोजपुर नगरपालिका–४ दावामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गरिएको छ । ‘कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान’ले यहाँका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गरेको हो ।

विद्यालयको ७७औँ वार्षिकोत्सव तथा आफ्ना पिता स्वर्गीय माधवप्रसाद श्रेष्ठको स्मृतिका अवसरमा बिहीबार विद्यालयका सम्पूर्ण विद्यार्थी र शिक्षकलाई पोसाक (ट्र्याक सुट) वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिनुभयो । मातृभूमिको सेवा तथा सामाजिक कार्य गर्ने लक्ष्यसहित स्थापित प्रतिष्ठानले विभिन्न समयमा सहयोगका कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।

“मेरो बुवाले पनि यही विद्यालयमा पढ्नु भएको हो । स्वार्गीय बुवाको समाज सेवाको भावनालाई निरन्तरता दिन हामी तीन दाजुभाइ (रोशन श्रेष्ठ, क्याप्टेन रमेश श्रेष्ठ र रविन श्रेष्ठ)ले विद्यार्थीलाई पोसाक वितरण गरेका हौँ”, श्रेष्ठले भन्नुभयो ।

एकरुपतासँगै पठनपाठनमा सहजता होस् भन्ने उद्देश्यले आवश्यक पोसाक वितरण गरिएको क्याप्टेन रमेश श्रेष्ठले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक सुवासचन्द्र दाहालले पोसाक वितरणले विद्यार्थीमा एकरुपता र पठनपाठनमा सहजता थप्ने विश्वास व्यक्त गर्नुभयो । निःशुल्क रुपमा पोसाक पाउँदा विद्यार्थी उत्साहित भएका र कतिपय आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई समेत यसले लाभ पुगेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...