वनबाट पतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार

गोरखा, २४ चैतः देशैभर वन जङ्गलमा डढेलो लागिरहेका घटना सार्वजनिक भइरहेका बेला गोरखाको भीमसेनथापा गाउँपालिकाले भने डढेलो नियन्त्रणका लागि ‘पातपतिङ्गर सङ्कलन’ कार्यक्रम लागू गरेको छ । कार्यक्रमअन्तर्गत पालिकाले पतिङ्गर सङ्कलन गरेबापत नगद पुरस्कार दिने घोषणा गरेको छ ।

पालिकाभित्रका सामुदायिक वनबाट पातपतिङ्गर सङ्कलन गर्नेलाई प्रतिकेजी रु दुईका दरले नगद उपलब्ध गराउने निर्णय भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार व्यक्ति तथा समूहले सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति तथा वडा कार्यालयसँग समन्वय गरेर पतिङ्गर सङ्कलन गर्न पाउने छन् । गाउँपालिकाभित्र डढेलो लगाउने कार्य निरुत्साहन तथा वन डढेलो नियन्त्रण गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको अधिकारीले जानकारी दिनुभयो ।

“सङ्कलित पातपतिङ्गर प्राङ्गरिक मल बनाउन प्रयोग हुन्छ । त्यसको व्यवस्थापन तथा बिक्री वितरणको जिम्मा भने सम्बन्धित सामुदायिक वन तथा वडा कार्यालयलाई दिइनेछ”, उहाँले भन्नुभयो, “कार्यक्रम नयाँ हो तर यसलाई सबैजनाले सिको गर्न लायक बनाउने लक्ष्य छ ।” पालिकाबाट अनुगमन गरेपछि मात्र पतिङ्गर सङ्कलनबापतको रकम उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो ।

कार्यक्रमले वन डढेलो नियन्त्रण गर्नुका साथै सामुदायिक वनको आयआर्जन बढाउन पनि सहयोग पु¥याउने विश्वास गरिएको छ ।

हाल गाउँपालिकाका अधिकांश वनजङ्गलमा धमाधम पतिङ्गर सङ्कलन गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा नेपालले वैदेशिक रोज...
संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं आज बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पा...
रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

 ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: रसुवा रसुवा जिल्लाको रसुवागढी सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आएको भीषण बाढी...
थुनिएको म्याग्दी नदी बग्न थाल्यो

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी, २५ असार धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग...