तीनै तहको सरकारले सुशासन प्रवर्द्धनमा ध्यान दिनुपर्छ सञ्चारमन्त्री गुरुङ

पाटन (ललितपुर), २८ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीयता कार्यान्वयनका क्रममा तीनै तहको सरकारले सुशासन प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

प्रदेश सुशासन केन्द्र बागमती प्रदेश र ‘फेडेरालिज्म एण्ड लोकलाइजेसन सेन्टर’ द्वारा आज यहाँ आयोजित सङ्घीयताको कसीमा तहगत अन्तरसम्बन्ध विषयक छलफल कार्यक्रममा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले सरकारको प्राथमिकतामा रहेको सङ्घीयताको कार्यान्वयन गर्न तीनै तहका सरकारले आफ्ना कार्यशैली र योजनामा परिस्कृत गरी सुशासनमा जोड दिनुपर्ने बताउनुभयो ।

“एकात्मक शासन प्रणालीका कारण सङ्घीयताको कार्यान्वयनमा अझै पनि समस्या छ, वित्तीय सङ्घीयतालाई पनि जोड दिनुपर्ने आवश्यकता छ, प्रदेशलाई पनि चुस्त र प्रभावकारी बनाउनुपर्छ, सम्बन्धित विषयवस्तुलाई समेट्ने गरी प्रदेशमा पाँचदेखि सातवटा मात्र मन्त्रालय हुनुपर्छ, आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कार्यालय मातहतमा राख्दा हुन्छ, यसो हुँदा काम गर्न सहज हुन्छ”, मन्त्री गुरुङले भन्नुभयो ।

सङ्घीयतालाई खारेज गर्दा मुलुकमा समान ढङ्गबाट बिकास नहुने र असमानता अन्त्य गर्न नसकिने धाराणा व्यक्त गर्दै उहाँले सङ्घीयताको मर्म र भावनालाई आत्मसात् गरी सबैको अपनत्व हुनेगरी समावेशी ढङ्गबाट देश विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

“सङ्घीयतामा भएका सकारात्मक कुराहरू पनि धेरै छन्, प्रदेशको आम्दानी बढाउने, साना तथा घरेलु उद्योगको विकास गर्ने, नागरिकको जीवनस्तर उकास्ने कुरामा प्रदेशले ध्यान दिनुपर्छ, नेपालजस्तो भूराजनीतिक अवस्थिति भएको देशमा एकल व्यक्तिमा शक्ति कायम रहने व्यवस्था घातक सिद्ध हुन्छ, स्थिरता दिँदैन, शासन प्रणालीमा दुःखद् घटना निम्त्याउँछ, प्रदेशको नेतृत्व गर्ने मुख्यमन्त्रीमा पार्टीको वरिष्ठ नेताहरू जान नसक्दा सङ्घीयताको महत्त्व बढ्न सकेन, यसलाई पनि सबै राजनीतिक पार्टीले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

“अन्तरद्वन्द्व र अन्तरनिर्भरतालाई व्यवस्थापन गर्न अन्तरप्रदेश समन्वय परिषद्सम्बन्धी कानुन र कार्यालय नै व्यवस्थापन गर्नुपर्छ । अन्तरप्रदेश परिषद्मा दुई तहको सरकारबीचमा छलफल र सहकार्य हुन्छ, अर्को राष्ट्रिय समन्वय परिषद् भने कानुनी प्रबन्धका लागि मात्रै हो, यसमा तीनै तहको सरकारको प्रतिनिधित्वको व्यवस्था गरिनुपर्छ”, उहाँले स्पष्ट गर्नुभयो ।

मन्त्री गुरुङले प्रदेशले आफ्नो एकल अधिकारको सूचीभित्र रहेको विषयको कानुन निर्माण गरेर जनतालाई आकर्षण गर्नेगरी अगाडि बढ्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालको संविधान र कानुनले सीमान्तकृत समुदायलाई सरकारी सेवा र राज्यको मूल प्रवाहमा अवसरका लागि आरक्षणको व्यवस्था गरेको बताउँदै प्रदेशलाई अधिकार दिने र स्थानीय सरकारलाई सेवा प्रवाहमा अधिकारसम्पन्न बनाउने गरी कानुन निर्माण गरेर सङ्घीयताको कार्यान्वयनमा जानुपर्नेमा जोड दिनुभयो ।

संविधानले व्यवस्था गरेअनुसार सबैलाई समेट्ने गरी कानुन बनाउन मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सङ्घीयताको कार्यान्वयनपछि स्थानीय तहमा भौतिक पूर्वाधारको विकाससहित खानेपानी, स्वास्थ, शिक्षाका क्षेत्रमा उल्लेखनीय काम भएको बताउनुभयो ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीयताको कार्यान्वयनका क्रममा जटिल मुद्दाका रूपमा देखिएको निजामती कर्मचारी ऐन, प्रहरी ऐनलगायतका विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गराउने विश्वास दिलाउनुभयो ।

बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सङ्घीयता सवलीकरणका क्रममा भएका छलफल तथा बहसहरूले सुशासन प्रवर्द्धनका साथै नागरिकलाई सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल नगरपालिका महासङ्घका महासचिव नरुलाल चौधरीले व्यवस्था परिवर्तन भए पनि मानसिकता र पुरानो कानुन परिवर्तन हुन नसकेको भनी दुःख व्यक्त गर्नुभयो ।

सो अवसरमा ‘फेडेरालिज्म एण्ड लोकलाइजेसन सेन्टर’ का अध्यक्ष, राष्ट्रियसभाका पूर्व सदस्य एवम् सङ्घीयताविद् डा खिमलाल देवकोटाले सङ्घीयताको कसीमा तहगत अन्तरसम्बन्ध विषयमा विशेष चर्चा गर्दै तहगत अन्तरसम्बन्ध सुदृढ बनाउन अन्तरप्रदेश परिषद्ले विभिन्न निर्णय गरेपनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले केन्द्रसँग प्रदेश र स्थानीय तहका थुप्रै गुनासा छन् जसलाई केन्द्र सरकारले सुन्नुपर्दछ भन्नुभयो । हाम्रो देशमा औपचारिक संस्थाहरु धेरै भएपनि कमजोर सक्रियताका कारण सङ्घीयता कार्यान्वयनमा आशातित् प्रगति हुन नसको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताउनुभएको...

Pakistan, India expels each other’s diplomats

Pakistan and India each announced on Tuesday the expulsion of one diplomat from the other country, with both sides accusing the ...

Uttar Pradesh: All zoos, safari parks temporarily shut after tigress ‘Shakti’ dies of Avian Influenza

Uttar Pradesh: All zoos and safari parks in Uttar Pradesh have been temporarily closed as a precautionary measure following the ...

“Only a fool would not accept…”: Trump on Qatar’s gift of Boeing 747

Following reports of Qatar's gifting of a luxury Boeing 747-8 to the US, President Donald Trump emphasised that the aircraft wil...