लहानमा राजमार्ग केन्द्रित होटल अनुगमन

सिरहा, २८ चैतः इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानस्थित राजमार्ग केन्द्रित होटलमा अनुगमन सुरु गरिएको छ । अनुगमनका क्रममा बुधबार म्याद गुज्रेका पेयपदार्थ तथा सडेगलेका खानेकुरा बिक्रिवितरण गर्ने चारवटा होटललाई ३० हजार बराबरको जरिवानासमेत गरिएको छ ।

इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज, घरेलु तथा साना उद्योग कार्यालय लहान, आन्तरिक राजस्व कार्यालय लहान, इलाका प्रहरी कार्यालय लहान, उपभोक्ता मञ्च नेपाल सिरहाका प्रतिनिधिसहितको संयुक्त टोलीले होटलहरूको अनुगमन सुरु गरेका हुन् ।

संयुक्त अनुगमन टोलीले लहान–१ को कान्छा होटलमा म्याद गुज्रेको ‘बडविसर’ ब्रान्डको ३७ ओटा बियरको बोतल जफत गरी नष्ट गर्नाका साथै उक्त होटललाई रु पाँच हजार जरिवाना गरिएको छ । यसैगरी, लहान–४ को होटल गोधुल्लीको भान्साका खानेकुरा नछोपी राखिएको, फ्रिजमा पाकेको र नपाकेको मासुसँगसँगै राखिएको तथा सरसफाइमा हेलचेक्र्याइँ गरेको पाइएपछि उक्त होटललाई पनि रु पाँच हजार जरिवाना तोकिएको छ ।

यस्तै, लहान आँखा अस्पतालको परिसरमा रहेको किरान स्विट्स एन्ड भोजनालयले अखाद्य सामग्री प्रयोग गरी खानेकुरा बनाएको, खाद्य वस्तु छोप्न पत्रपत्रिका प्रयोग गरिएको तथा भान्साको नजिकमा फोहोर थुपारिएको पाइएपछि रु १० हजार जरिवाना गरिएको छ । उक्त होटलको सामुन्नेमा रहेको रिषिका जनरल स्टोर्समा म्याद गुज्रेको ३८ ओटा ‘कोल्ड ड्रिङ्कस’ पेयपदार्थ फेला परेपछि रु १० हजार जरिवाना तोकिएको छ । उक्त पसलले इजाजतविना अन्तःशुल्कजन्य वस्तुसमेत बिक्रीवितरण गरेको पाइएपछि उक्त सामग्री जफत गरी आन्तरिक राजस्व कार्यालय लहानलाई जिम्मा लगाइएको छ ।

अनुगमनका क्रममा होटल सम्राट इन र चौधरी होटलले आधारभूत रुपमा होटलको मापदण्ड पालना गरेको पाइएकाले सचेतीकरण मात्र गरिएको इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायले जानकारी दिनुभयो । नयाँ वर्ष २०८२ लाई दृष्टिगत गरी आउँदो वैशाख १ गते लाग्ने फूलबारी मेलामा आउने लाखौँ भक्तजनले यहाँका होटलहरूमा खाना खाने हुँदा ग्राहकको स्वास्थ्यमाथि खेलबाड हुन नदिन अनुगमन सुरु गरिएको बताउनुभयो । उहाँले उपभोक्ताको स्वास्थ्यमाथि लापरबाही गर्ने होटलहरूलाई कानुनअनुसार जरिवाना गरिएको भन्दै आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताउनुभएको...

Pakistan, India expels each other’s diplomats

Pakistan and India each announced on Tuesday the expulsion of one diplomat from the other country, with both sides accusing the ...

Uttar Pradesh: All zoos, safari parks temporarily shut after tigress ‘Shakti’ dies of Avian Influenza

Uttar Pradesh: All zoos and safari parks in Uttar Pradesh have been temporarily closed as a precautionary measure following the ...

“Only a fool would not accept…”: Trump on Qatar’s gift of Boeing 747

Following reports of Qatar's gifting of a luxury Boeing 747-8 to the US, President Donald Trump emphasised that the aircraft wil...