Tuesday, February 17News That Matters

इनफिनिक्स GT 20 Pro पुनः नेपालमा – गेमरहरूकाे मागमा , नेपालीहरूको मनमा स्थान बनाउँदै

काठमाडौं, नेपाल – “दि बीस्ट” फर्कियाे गेमरहरूकाे मागमा , नेपालीहरूको मनमा स्थान बनाउँदै इनफिनिक्स प्रयोगकर्ताहरूबाट देशभरि पाएकाे माया र जबरदस्त समर्थनपछि, GT 20 Pro पुनः धमाकेदार रूपमा नेपाली बजारमा फर्कंदैछ – अझ बलियो, अझ स्टाइलिश, र अझ स्मार्ट।
MediaTek Dimensity 8200 Ultimate चिपसेटले सञ्चालित यो फ्ल्यागशिप गेमिङ फोन, ती सबैका लागि हो जसले खेलमा कुनै सम्झौता गर्दैनन्। यो फोन, तपाईंहरू जस्ता निडर गेमरहरूको जोशपूर्ण मागमा पुनः ल्याइएको हो।
धुलिखेलदेखि धनगढीसम्म, सहरका स्ट्रिट गेमरहरूदेखि ई-स्पोर्ट्स सपना देख्ने युवासम्म, GT 20 Pro केवल एउटा फोन मात्र होइन – यो साहस र शक्ति को प्रतीक बनिसकेको छ। र यिनै भावना नै हुन् – जसले यसपटकको पुनः आगमनलाई प्रेरणा दिए।
यो केवल स्टक थपिएको होईन। यो पुनर्जागरण हो। उत्सव हो। GT 20 Pro लाई नेपालकै मोबाइल गेमिङ लेजेन्ड बनाउने हरेक प्रयोगकर्ताको लागि धन्यवाद हो।
मुख्य विशेषताहरू:
• डेडिकेटेड गेमिङ डिस्प्ले चिप – – अत्यन्त स्मूद र रियल टाइम ग्राफिक्स अनुभवका लागि
• 120Hz AMOLED डिस्प्ले – अल्ट्रा-फास्ट टच रेस्पोन्स, प्रो गेमर लेभल अनुभव
• साइबर मेचा डिजाइन – लुक्स र पर्फमेन्स दुबैमा गेमर स्पिरिट
• Gen Z का लागि तयार गरिएको स्टाइल र गेमिङ DNA को परफेक्ट मिक्स
पहिलोपटक छुटाउनु भएको थियो भने, या अब अपग्रेडको सोचमै हुनुहुन्छ भने – अबको समय तपाईंको हो।
GT 20 Pro फर्किएको छ – फेरि एकपटक नेपाल जित्न। ११ अप्रिल २०२५ देखि सम्पूर्ण इनफिनिक्स स्टोरहरू र अनलाइन प्लेटफर्महरूमा उपलब्ध। खेलौं, जितौं।
GT 20 Pro – जित्नैका लागि जन्मिएको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *