वालिङ–हुवास सडक धमाधम कालोपत्र हुँदै

पर्वत, ३१ चैतः वालिङ–हुवास सडक धमाधम कालोपत्र गर्न थालिएको छ । यो सडकखण्डअन्तर्गत पर्वत र स्याङ्जाको सिमाना पियाखेतदेखि स्याङ्जाको हुल्काङ हुँदै–डुम्रेभञ्ज्याङसम्म कालोपत्र गर्न थालिएको हो ।

सङ्घीय सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत रु चार करोडबाट काम थालिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

निर्धारित समयमा विना व्यवधान कालोपत्र सम्पन्न गर्न बिहीबार बिहान ८ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म सवारीसाधन सञ्चालन रोकेर कालेपत्र गरिएको पैंयू गाउँपालिका–५ का अध्यक्ष नारायण भुर्तेलले जानकारी दिनुभयो ।

चालु आवभित्रै काम सम्पन्न गर्ने लक्ष्य रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । यो सडक १६ किलोमिटर लामो छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रेमिट्यान्समा १५.५% ले वृद्धि: वैदेशिक रोजगारदाताहरूको योगदान उल्लेखनीय, तर महँगीको डर कायमै

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा नेपालले वैदेशिक रोज...
संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

संसद बैठकमा RSP र RPP बहिष्कार: भ्रमण भिसा काण्डमा उच्चस्तरीय छानबिनको माग

रिपोर्टर: ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: काठमाडौं आज बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पा...
रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

रसुवागढीमा भीषण बाढी: मैत्री पुल बगायो, ३१ जना बेपत्ता, व्यापारिक आवागमन पूर्ण रूपमा ठप्प

 ऋषु मिश्रमिति: २०७८ असार २५, मंगलवार | स्थान: रसुवा रसुवा जिल्लाको रसुवागढी सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आएको भीषण बाढी...
थुनिएको म्याग्दी नदी बग्न थाल्यो

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी, २५ असार धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग...