धार्मिक पर्यटकका लागि भक्तपुरको कलमसीमा आकर्षक गन्तव्य बन्नसक्छः उपप्रधानमन्त्री सिंह

भक्तपुर, २ वैशाखः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नगरकोट नजिकको कलमसीमा धार्मिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताउनुभएको छ ।

आज चाँगुनारायण नगरपालिकाको कलमसीमा सुरु भएको शिवपुराण महायज्ञ उद्घाटन समारोहमा उहाँले कलमसीमा क्षेत्र धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्नसक्ने बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले हाल नगरकोट भ्रमण वर्ष प्रारम्भ भएको र महायज्ञले धार्मिक पर्यटनलाई प्रोत्साहित गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

करिब सात वर्षअगाडि आफूले शिलान्यास गरेको स्थानमा भइरहेको महायज्ञमा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै उहाँले लक्ष्यअनुसार काम सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री सिंहले यहाँ बन्ने शिवजीको प्रतिमाले काठमाडौँ आउने पर्यटकलाई समेत आकर्षित गर्ने धारणा राख्नुभयो ।

एक सय आठ फिट अग्लो शिवजीको प्रतिमा बनाउने लक्ष्यका साथ यहाँ शिवपुराण महायज्ञ सुरु भएको छ ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले नगरकोटको काँखमा रहेको कल्पेश्वर महादेव मन्दिर परिसरमा भ्रमण वर्षको अवसर पारेर आयोजना गरिएको महायज्ञले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने बताउनुभयो ।

कलमसीमा बन्ने एक सय आठ फिट अग्लो शिव मूर्ति निर्माणका लागि चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले रु एक लाख आठ हजार सहयोगको गर्नुभएको छ । शिवको मूर्ति स्थापना भएपछि कलमसीमाको मात्रै नभएर चाँगुनारायण क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने भन्दै उपप्रमुख बुढाथोकीले उक्त रकम सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष जनक खत्रीले शिव तान्त्रिक र स्थानीयबाट विश्वकै पहिलो १०८ फिट अग्लो शिवको बसेको मूर्ति बनाउने काम सुरु भएको बताउनुभयो । महायज्ञबाट मूर्ति बनाउन लाग्ने करिब रु दुई करोडको खर्च सङ्कलन गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

महायज्ञ १३ दिनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...