भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धन

काठमाडौँ, ६ वैशाखः भृकुटीमण्डपको उद्यानमा भइरहेको ‘खाना महोत्सवमा इङ्वा सुब्बा कागुनो, याङ्बेन र मकैको खीर पकाउनमा व्यस्त हुनुुहुन्छ । छेवैमा पाक्दैछ तात्तातो सेल अनि लहरै राखिएका छन् थप परिकार । सिस्नुको सुप र च्याउ साँधेको परिकारले खानाका पारखीहरुको ध्यान गइरहेको देखिन्छ । खाना पारखीहरु स्वाद मानी मानी खाइरहेको देखिन्छन् ।

नेपालको पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’ बाट चिनिनुभएकी सुब्बाले आफूले शोमा बनाएको खीर सबैले रुचाउनुभएकोले महोत्सवमा यसको स्वाद चखाउन आएको बताउनुहुन्छ । रियालिटी शोमा आफ्नो समुदायको खानालाई पस्केर सबैको मन जित्नुभएकी उहाँले नेपाल रैथाने परिकारको धनी भएकाले यसलाई प्रवर्द्धन र संरक्षण गर्न सबैले लाग्नुपर्ने बताउनुहुन्छ । सुब्बा भन्नुहुन्छ, “हिमाल, पहाड र तराई सबै ठाउँको आआफ्नो खानाको विशेषता छ । हामीले सबै परिकारलाई थोरै मात्र परिस्कृत गरेर पस्किन सक्यौँ भने यसले अन्तरराष्ट्रिय बजारमा फैलिने मौका पाउन सक्छ ।”

उहाँको छेवैको स्टलमा नेवारी परिकारहरु बारा, योमरी, छोयला राखिएका छन् । खोकनाको तोरीको तेल, बेसार आदि पनि स्टलमा बेच्न राखिएको छ । भिलेज क्याफेकी पुनमाया डङ्गोलले नेवारी परिकारहरुलाई प्रवर्द्धन र यसको स्वाद सबैमाझ पु¥याउन महोत्सवमा सहभागी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “क्याफेमा त थुप्रै परिकारहरु पाइन्छन् । आज भने हामीले यति मात्र ल्याएका छौँ । नेवारी परिकारहरु धेरैको जिब्रोमा झुण्डिएको छ । धेरैले रुचाइ दिनुभएको छ ।”

विगत डेढ वर्षदेखि टोखामा ‘आरोग्य कर्णाली अर्गानिक प्रालि’ सञ्चालन गर्दे आउनुभएकी सीता आचार्य मौरी संरक्षणकर्मी हुनुहुन्छ । उहाँसँग १५० वटा मौरीका घार छन् । उहाँले मौरीपालनका साथै कर्णालीमा पाइने विभिन्न रैथाने अन्नबालीहरुको ब्रान्डिङ गरेर बेच्दै आउनुभएको छ । उहाँको स्टलमा मह, कागुनो, चिनो, मार्सी, फापरको पिठो, कोदो, मकैको च्याख्ला, सातु, गुन्दु्रकलगायत २० प्रकारका सामग्रीहरु छन् । आचार्यका अनुसार चिनो, कागुनो, कोदो र फापरको माग बढी रहेको छ । “यी अन्नहरु मधेमेह, उच्च रक्तचापका बिरामीलाई खान मिल्छ । कतिलाई थाहा छैन । थाहा हुनेले खोजेर खानुहन्छ”, उहाँ भन्नुहुन्छ ।

परम्परागत र मौलिक खानाको सङ्गम रहेको खाना महोत्सवमा मोही पनि बिक्रीका लागि राखिएको छ । ओखलढुंगे डेरी एण्ड एग्रीफुड प्रालिले दुग्धजन्य पदार्थहरुलगायत मिठाइ, आइसक्रिम, भुजिया, निम्किी, पनिर तथा चिज मःम बेच्दै आएको छ । डेरीका सञ्चालक गोपाल तिमिल्सनाले बजारमा पाइने विभिन्न पेयपदार्थभन्दा कैयौँ गुणा मोही स्वस्थ्यकर भएकाले यसको ब्राण्डिङमा लागेको सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “स्थानीय उत्पादन मोहीलाई प्रवद्र्धन गर्ने उद्धेश्यले प्याकिङ गरेर बेच्दा स्वास्थ्यलाई राम्रो हुने र आफ्नो स्थानीय उत्पादनको खपत हुने उद्देश्यले हामीले सुरु गरेका हौँ । गुलियो चिसो पेयपदार्थभन्दा गर्मीमा मोहीले शितल गराउँछ ।”

अन्तरराष्ट्रिय नेपाली सेफ सोसाइटी नेपालका महासचिव गिरीराज भट्टले यो महोत्सव परिकारहरुको प्रदर्शनी मात्र नभइ नेपाली सेफहरुको पहिचान, प्रतिभा, मिहिनेत र सिर्जनशीलताको सजिव दस्तावेज रहेको बताउनुहुन्छ ।

भट्टले नेपाली पाककलामा स्वाद, विविधता, मौलिकता अद्वितीय भए पनि अन्तरराष्ट्रियस्तरमा स्थापित गर्नु चुनौतीपूर्ण भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विश्वसामू चिनाउने हाम्रो सपना हो । यसका लागि सबैको समर्पण र सहकार्य आवश्यकता छ ।”

खाना महोत्सवले परम्परागत, रैथाने स्वादसँग आधुनिक परिकारको प्रर्दशनी र नेपालभित्रको पाककलाको सम्भावनाको उज्यालो चित्र प्रस्तुत गर्ने प्रयास गरेको छ ।

महोत्सवमा ५० वटा स्टल, (४० वटा खानाका ५ वटा रैथाने बाली नालीको प्रदर्शन, पाँच वटा पर्यटन जानकारी) रहेको छ । खानाका स्टलमा विभिन्न जात जातिको खाना (नेवारी, थारु, राई लिम्बु, थकाली, आदि)को परिकारहरु राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताउनुभएको...

Pakistan, India expels each other’s diplomats

Pakistan and India each announced on Tuesday the expulsion of one diplomat from the other country, with both sides accusing the ...

Uttar Pradesh: All zoos, safari parks temporarily shut after tigress ‘Shakti’ dies of Avian Influenza

Uttar Pradesh: All zoos and safari parks in Uttar Pradesh have been temporarily closed as a precautionary measure following the ...

“Only a fool would not accept…”: Trump on Qatar’s gift of Boeing 747

Following reports of Qatar's gifting of a luxury Boeing 747-8 to the US, President Donald Trump emphasised that the aircraft wil...