कला संस्कृतिको प्रवर्द्धन, विपन्न बालबालिकालाई सहयोग


रियाद, साउदी अरब – बिपुल ढुङ्गाना, साउदी अरब मा नेपाली कला संस्कृतिको प्रवर्द्धन, विपन्न बालबालिकालाई सहयोग हाम्रो अभियान मा जोडीन नेपाल को चर्चित गायिका राधिका हमाल गायक अर्जुन सापकोटा रोल्पालि सेवा समाज साउदिको ७ औ बार्षिकोत्सव मा सहभागी हुदै ।

चर्चित गायिका राधिका हमाल र गायक अर्जुन सापकोटा साउदी अरब आउने भएका छन्। उनीहरू रोल्पाली सेवा समाज, साउदीको सातौं वार्षिकोत्सवको अवसरमा आफ्नो सांस्कृतिक प्रस्तुति दिन आउन लागेको समाजका अध्यक्ष महेन्द्र घर्ती मगरले जानकारी दिएका छन्। उक्त कार्यक्रममा साउदी अरबमा सक्रिय स्थानीय कलाकारहरूको समेत विशेष प्रस्तुति रहनेछ।
नेपाली कला संस्कृतिको प्रवर्द्धन, विपन्न बालबालिकालाई सहयोग हाम्रो अभियान भन्ने मुख्य नाराका साथ रोल्पाली सेवा समाज, साउदी अरबको आयोजनामा यही जुन ६, २०२५ तारिख दमामस्थित फाइभ स्टार हलमा समाजको सातौं वार्षिकोत्सव भव्य रूपमा मनाइने भएको छ।
वार्षिकोत्सवको अवसरमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरूसँगै साउदी अरबमा रहेका सक्रिय स्थानीय कलाकारहरूको पनि विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन्। अध्यक्ष महेन्द्र घर्ती मगरले ले साउदी अरबमा रहेका सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी भई रमाइलो गर्दै कार्यक्रमलाई भब्य र सफल बनाउन हार्दिक निमन्त्रणा गरेका छन्।
कार्यक्रममा नेपाली कला, संस्कृति र लोकधुनसँगै झुम्ने संगीत मा रमाउने अवसर प्रदान गरिने छ भने सो अवसरमा विपन्न बालबालिकाको सहयोगार्थ विशेष अपिल गरिने कुरा पनि अध्यक्ष महेन्द्र घर्ती मगरले ले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...