केन्द्र–वाम पार्टीद्वारा जर्मन गठबन्धन सम्झौता अनुमोदित, मेर्जलाई चान्सलर निर्वाचित हुने मार्ग प्रशस्त

बर्लिन, १७ वैशाख: जर्मनीको केन्द्र–वाम सोसल डेमोक्रेट्सले नयाँ गठबन्धन सरकारमा सामेल हुने सम्झौता स्वीकृत गरेको छ । यसले संसदलाई कन्जरभेटिभ नेता फ्रेड्रिच मेर्जलाई देशको नयाँ चान्सलरका रूपमा निर्वाचित गर्ने बाटो प्रशस्त गरेको छ ।

निवर्तमान चान्सलर ओलाफ स्कोल्जको पार्टी मेर्जको केन्द्र–दक्षिणपन्थी क्रिश्चियन डेमोक्रेटिक युनियन (सिडियु) र यसको बाभेरियन भगिनी पार्टी, क्रिश्चियन सोसल युनियन (सिएसयु) द्वारा नेतृत्व गरिएको गठबन्धनमा सामेल हुनेछ । क्रिश्चियन सोसल युनियन पार्टीले फेब्रुअरीमा जर्मनीको चुनावमा २८ दशमलव पाँच मतका साथ जित हासिल गरेको थियो ।

सोसल डेमोक्रेट्सले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब परिणाम भोग्नुपरेको थियो र १६ दशमलव चार प्रतिशत मतका साथ तेस्रो स्थानमा रह्यो । तर कन्जर्भेटिभहरूलाई दोस्रो स्थानमा रहेको अति–दक्षिणपन्थी, आप्रवासन विरोधी अल्टरनेटिभ फर जर्मनी बिना संसदीय बहुमत भेला गर्न उनीहरूको समर्थन चाहिन्छ ।

सोसल डेमोक्रेट्सले गत दुई हप्तामा मतदान गरेका आफ्ना तीन लाख ५८ हजारभन्दा बढी सदस्यको अनलाइन मतपत्रमा अप्रिलको सुरुमा भएको गठबन्धन सम्झौतालाई राख्यो । पार्टीले बुधबार उनीहरूका ५६ प्रतिशत सदस्यले मतदान गरेको र तीमध्ये ८४ दशमलव छ प्रतिशतले आफ्नो पक्षमा मतदान गरेको घोषणा गर्‍यो ।

यस सम्झौताले सोसल डेमोक्रेट्सलाई अन्य मन्त्रालयका साथै महत्त्वपूर्ण वित्त, न्याय र रक्षा मन्त्रालयहरू प्रदान गर्दछ । सिडियु र सिएसयुले पहिले नै सम्झौता स्वीकृत गरिसकेका छन् ।

जर्मन संसद्को तल्लो सदन मे ६ मा मेर्जलाई दोस्रो विश्वयुद्धपछिको देशको १०औँ नेताका रूपमा चयन गर्न बैठक बस्नेछ ।

यस गठबन्धनको लक्ष्य आर्थिक वृद्धिलाई प्रोत्साहित गर्ने, रक्षा खर्च बढाउने, आप्रवासनमा कडा दृष्टिकोण अपनाउने र २७–राष्ट्र युरोपेली सङ्घ (इयु) को सबैभन्दा बढी जनसङ्ख्या भएको सदस्यको लामो समयदेखि वेवास्ता गरिएको आधुनिकीकरणलाई समात्ने लक्ष्य राखेको छ । जर्मनी युरोप महादेशको सबैभन्दा ठूलो अर्थतन्त्र हो ।

बुन्डेस्टागको छ सय ३० सिटमध्ये तीन सय २८ सिटसहित गठबन्धनसँग अपेक्षाकृत सामान्य बहुमत छ ।

युनियन र सोसल डेमोक्रेट्सले पहिले जर्मनीलाई सँगै शासन गरेका छन् । एक पटक सन् १९६० को दशकमा र त्यसपछि पूर्व चान्सलर एन्जेला मर्केलको चार कार्यकाल मध्ये तीनमा । मर्केलले सन् २००५ देखि सन् २०२१ सम्म देशको नेतृत्व गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’ सुरु गर्न नचाहेको बताउनुभएको...

Pakistan, India expels each other’s diplomats

Pakistan and India each announced on Tuesday the expulsion of one diplomat from the other country, with both sides accusing the ...

Uttar Pradesh: All zoos, safari parks temporarily shut after tigress ‘Shakti’ dies of Avian Influenza

Uttar Pradesh: All zoos and safari parks in Uttar Pradesh have been temporarily closed as a precautionary measure following the ...

“Only a fool would not accept…”: Trump on Qatar’s gift of Boeing 747

Following reports of Qatar's gifting of a luxury Boeing 747-8 to the US, President Donald Trump emphasised that the aircraft wil...