आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित

कीर्तिपुर (काठमाडौँ), २४ वैशाखः सिल्बर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टकी सञ्चालक आभा शाह यस वर्षको उत्कृष्ट महिला उद्यमी घोषित हुनुभएको छ । न्यु विजिनेस एजद्वारा आज राजधानीमा आयोजित पाँचौँ ‘न्यु विजनेश एज समिट एण्ड अवार्डस्–२०२५’ मा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

छनोटअनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशबाट चप्पल उद्यमी इन्दिरा रेग्मी, कर्णाली प्रदेशबाट ‘कर्लाणी एग्रो उद्योग’की कलशा देवी चौलागाईं, लुम्बिनी प्रदेशबाट ‘प्रेमनिशा अल्लो धागो उद्योग’की प्रेमकुमारी पुन, गण्डकी प्रदेशबाट ‘रक्षा चापागाईं स्टोर’की रजनी शर्मा चपाईं, बागमती प्रदेशबाट नुवाकोटको ‘अमात्य स्टोर’की गीता अमात्य, मधेस प्रदेशबाट पर्साको ‘मध्य नेपाल प्रेस’की कविता खड्का, साथै कोशी प्रदेशबाट ‘ग्रीन सिटी इलाम ललीपप उद्योग’की दीपा गुरुङले उत्कृष्ट महिला उद्यमीको पुरस्कार प्राप्त गर्नुभएको छ ।

यो अवार्ड उद्यमशीलतामा सक्रिय महिला उद्यमीलाई प्रोत्साहन गर्न सन् २०२१ देखि विभिन्न छ विधामा प्रदान गरिँदै आएको छ । यस वर्षको प्रविधि महिलातर्फको अवार्ड ‘जनरल टेक्नोलोजी प्राली’की सुनयना पाण्डेले प्राप्त गर्नुभएको छ ।

त्यसैगरी व्यवसायी महिलातर्फको अवार्ड ‘सिद्धार्थ आर्ट ग्यालरी’की सङ्गीता थापाले र युवा महिला व्यवसायी विधामा एबी एग्रो कि केश्मा थापाले, प्रेरणादायी महिला उद्यमीतर्फ ‘युनिक सेवा गार्मेन्टस्’की गङ्गा छन्त्यालले अवार्ड प्राप्त गर्नुभएको छ ।

‘नमुना सिलाइ’की संस्थापक ज्ञानी शोभा तुलाधरले महिला उद्यमतर्फ लाइफ टाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नुभयो । आयोजक संस्थाका अनुसार विभिन्न मापदण्डका आधारमा देशभर सक्रिय दुई हजार बढी महिला उद्यमीमध्येबाट पाँच सदस्यीय निर्णायक मण्डलमार्फत उत्कृष्ट महिला उद्यमी छानिएका हुन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडाले कानुन बनाएर मात्र महिला र पुरुषबीच समानता नहुने बताउनुभयो । व्यावसायिक क्षेत्रमा लैङ्गिक समानता प्राप्त गर्नमा बाधा रहेको उहाँको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले उद्यममा महिला सहभागिता बढाउन तीन तहकै सरकारमार्फत महिला मैत्री नीति तथा व्यवस्थापन गर्न थालिएको बताउनुभयो ।

कार्यक्रममा महिला उद्यमका समग्र अवस्था, चुनौती र भविष्यका विषयमा छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ...
घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेप...
असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असार २७, २०८२ काठमाडौँ — ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गरिएको छ ...
मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

असार २७, २०८२ काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति घोषणा गरिरहेका छन् । ...