देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत हुनुपर्ने

काठमाडौँ, २८ वैशाख : राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णप्रसाद सिटौलाले जनताका चाहना र मुलुकको आवश्यकतालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।

आगामी आवको नीति तथा कार्यक्रममा समावेश भएका विकास–निर्माणका कार्यक्रमका निम्ति पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

शिक्षा विधेयक, निजामति सेवा विधेयक, प्रहरी ऐन जस्ता महत्वपूर्ण कानुन यसै अधिवेशनबाट पारित गर्ने विषय नीति तथा कार्यक्रममा समावेश हुनु सकारात्मक पक्ष भएको बताउँदै सांसद सिटौलाले शान्तिप्रक्रिया सम्बन्धी बाँकी काम चाँडै निष्कर्षमा पुर्‍ याउन सत्ता र प्रतिपक्ष मिल्नुपर्छ भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की (अछामी) ले मजदुर, किसान, दलित, महिला तथा पिछडिएका क्षेत्रका जनताका अपेक्षानुसार आगामी आवको बजेट प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाहले नीति तथा कार्यक्रममा समावेश भएका विकास–निर्माणका आयोजनालाई व्यवस्थित ढङ्गले कार्यान्वयन गर्नुभयो । राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेकपा (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले राष्ट्रको ढुकुटी हेरेर बजेट बनाउनुपर्नेमा जोड दिँदै विगतको तुलनामा यो वर्ष नीति तथा कार्यक्रम नयाँ ढङ्गले आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

२०८२ असार २, सोमबार नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण काठमाडौं ...
इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

असार २, २०८२ काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय य...
संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

२०८२ असार २ गते उनले भने, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ,...
बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

काठमाडौँ — पूर्वाधार विकास समितिका अध्यक्ष दिपकबहादुर सिंहले आवश्यकताका आधारमा बजेटमा राखिने योजना र कार्यक्रम छनोट गर्नु पर्ने बत...