शान्तिवार्तातर्फ आशाको सङ्केत : हमासले अमेरिकी बन्धकलाई रिहा गर्ने

हमासको सशस्त्र शाखाले गाजामा सन् २०२३ को अक्टोबरदेखि बन्धक बनाइएका अमेरिकी–इजरायली नागरिक एडन अलेक्ज्याण्डरलाई सोमबार रिहा गर्ने निर्णय गरेको जनाएको छ । सोही क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी सैन्य कारबाहीलाई अझ सघन बनाउने योजना रहेको स्पष्ट गर्नुभएको छ ।

हमासले आइतवार जानकारी दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्षेत्रीय भ्रमणअघि एडन अलेक्ज्याण्डरको रिहाइ गरिने र अमेरिकी पक्षसँग युद्धविरामका विषयमा प्रत्यक्ष वार्ता चलिरहेको जानकारी गराएको थियो ।

हमासको सैन्य शाखा इज्जेद्दिन अल–कस्साम ब्रिगेडका प्रवक्ता अबु ओबेदाले सोमबार एक सन्देशमार्फत् भनुभयो, “आज हामी अमेरिकी नागरिकता भएका इजरायली सैनिक एडन अलेक्ज्याण्डरलाई रिहा गर्ने निर्णयमा पुगेका छौं ।”

इजरायली प्रधानमन्त्री नेतन्याहूले यसअघि भन्नुभएको थियो, “इजरायलले कुनै युद्धविराम वा कैदीहरूको रिहाइमा सहमति जनाएको होइन, केवल एडन अलेक्ज्याण्डरलाई सुरक्षितरूपमा रिहा गर्नका लागि आवश्यक मानविय मार्ग उपलब्ध गराएको हो ।”

एक इजरायली अधिकारीका अनुसार, एडन अलेक्ज्याण्डरको स्वागतका लागि गाजाको दक्षिणी सिमानास्थित रे इम क्षेत्रको प्रारम्भिक केन्द्रमा विशेष सैन्य टोली तैनाथ गरिएको छ ।

हमासले सो बन्धकको रिहाइलाई युद्धविराम र मानवीय सहायता पुनः सुचारु गर्ने पहलसँग जोडिएको सकारात्मक संकेतका रूपमा लिएको छ ।

हमास निकट स्रोतले एएफपीलाई जानकारी दिँदै भन्यो, “इजरायलले सोमबार बिहान ९ः३० बजेबाट आफ्नो हवाई गस्ती, ड्रोन गतिविधि र सैन्य कारबाही स्थगित गरेको जानकारी दिएको छ, जसले सुरक्षित मार्ग सुनिश्चित गरेको छ ।”

स्थानीय नागरिकहरूका अनुसार, यो अस्थायी शान्तिले गाजा क्षेत्रमा केही राहत प्रदान गरेको छ ।

गाजाको दक्षिणी सहर खान युनिसमा विस्थापित भएकी ३४ वर्षीया सोमाया अबु अल–कासले भन्नुभयो,“थप केही समयअघि यहाँ शान्ति महसुस भयो, कुनै बमबारी भएन, विमानको आवाज पनि थिएन, जुन गाजाका लागि निकै दुर्लभ अवस्था हो ।”

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

२०८२ असार २, सोमबार नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण काठमाडौं ...
इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

असार २, २०८२ काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय य...
संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

२०८२ असार २ गते उनले भने, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ,...
बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

काठमाडौँ — पूर्वाधार विकास समितिका अध्यक्ष दिपकबहादुर सिंहले आवश्यकताका आधारमा बजेटमा राखिने योजना र कार्यक्रम छनोट गर्नु पर्ने बत...