नृत्य निर्देशकसहित दुई जनालाई सम्मान

नेपालगञ्ज, ४ जेठ : चलचित्र पत्रकार सङ्घ नेपाल बाँकेले मोफसलमा रहेका नृत्य निर्देशकसहित दुई जनालाई आज सम्मान गरेको छ ।

चलचित्र पत्रकार सङ्घको २६औँ वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसका अवसरमा आयोजित कार्यक्रममा नृत्य निर्देशक नवराज सुवेदी र पत्रकार सावित्री गिरीलाई सम्मान गरिएको हो । दुवैजनालाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो । मोफसलमा रहेर सुवेदीले दर्जनौँ म्युजिक भिडियो र लघुचलचित्र निर्देशन गर्नुभएको छ ।

चलचित्र विधामा कलम चलाउन प्रोत्साहन गर्नेगरी पत्रकार गिरीलाई सम्मान गरिएको चलचित्र पत्रकार सङ्घ नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले जानकारी दिनुभयो । सो अवसरमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले कलाकार, पत्रकार, सिनेमा हल र दर्शक एकअर्काका परिपूरक भएका उल्लेख गर्दै चलचित्र पत्रकार सङ्घले सबै निकायबीच समन्वय बढाउन भूमिका खेलिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, बरिष्ठ पत्रकार निरज गौतम, सङ्गीतकर्मी तथा चलचित्र पत्रकार सङ्घ नेपाल बाँकेका सल्लाहकार सुन्दर गुरुङ र सङ्घका अध्यक्ष रामचन्द्र पौडेलले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ...
घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेप...
असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असार २७, २०८२ काठमाडौँ — ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गरिएको छ ...
मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

असार २७, २०८२ काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति घोषणा गरिरहेका छन् । ...