महालक्ष्मी विकास बैंकद्धारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता -EMI_ सुविधाको शुभारम्भ

काठमाडौ,महालक्ष्मी विकास बैंकद्धारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता -EMI_ सुविधाको शुभारम्भ, ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुको वित्तिय आवाश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकहरुलाई मासिक किस्तामा (Equal Monthly Installment) आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ ।

“Buy What You Love, Pay How You Like” भन्ने योजनामा ग्राहकहरुले महालक्ष्मी क्रेडिट कार्ड मार्फत आफुले खरिद गरेको सेवा वा वस्तुको मुल्यको भुक्तानी ३ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न सक्नेछन् । नेपाल, भारत वा भुटान भित्र जुनसुकै स्थानबाट जुनसुकै बिक्रेता, सप्लायर्स वा डिलरहरुबाट सेवा वा वस्तु खरिद गर्दा ग्राहकहरुले मासिक किस्ता मार्फत भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफुले खरिद गरेको बिल पेश गरे पश्चान महालक्ष्मी विकास बैंकले सहज रुपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ र यसरी यस योजना अन्तर्गत मासिक किस्तामा परिवर्तन गर्दा बैंकले EMI Processing शुल्क लिनेछैन ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ...
घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेप...
असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असार २७, २०८२ काठमाडौँ — ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गरिएको छ ...
मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

असार २७, २०८२ काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति घोषणा गरिरहेका छन् । ...