साउदी अरेबिया , बिपुल ढुङ्गाना ।
साउदी अरबको रियादमा २५६९औं बुद्ध जयन्ती श्रद्धापूर्वक सम्पन्न भएको छ। रियादस्थित नेपाली दूतावासको समन्वयमा, नेपाल तामाङ घेदुङ प्रवास शाखा र नेपाल आदिवासी जनजाति महासंघ साउदीको सहकार्यमा यो कार्यक्रम आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा उपस्थित नेपाली समुदायले दीप प्रज्वलन गरी भगवान गौतम बुद्धप्रति आफ्नो गहिरो सम्मान प्रकट गरे। सहभागी सबैले बुद्धले प्रतिपादन गर्नुभएको पञ्चशीलका पाँचवटा आधारभूत नियमहरूलाई आफ्नो जीवनमा पालना गर्ने संकल्प लिए। उनीहरूले शान्तिपूर्ण र नैतिक जीवन जिउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बोल्ने वक्ताहरूले बुद्धका चार आर्य सत्यहरू – दुःख, दुःखको कारण, दुःख निवारण र दुःख निवारणको मार्ग – लाई दैनिक जीवनमा अँगाल्नुपर्ने कुरामा जोड दिए। उनीहरूले वास्तविक र स्थायी शान्ति प्राप्त गर्नका लागि बुद्धको दर्शनलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि, साउदी अरबका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले शुभकामना व्यक्त गर्दै बुद्ध जयन्ती हिन्दू र बौद्ध धर्मावलम्बी दुवैको साझा पर्व भएको उल्लेख गर्नुभयो। बुद्ध दर्शनको उद्गमस्थल नेपाल भएकाले विश्वभर नेपाललाई शान्तिको देश भनेर चिनिने गरेको उहाँले बताउनुभयो।
शान्ति, सहिष्णुता र बौद्ध धर्मका महत्त्वपूर्ण मान्यताहरूमा आधारित यो कार्यक्रमले विदेशमा रहेका नेपालीहरूबीच आपसी एकता र सद्भावको भावनालाई अझ बलियो बनाएको कुरा सहभागीहरूले महसुस गरेका थिए।
उतm कार्यक्रम साउदी अरब नेपाली राजदुतावास , तामाङ्ग समाज साउदी अरब तथा नेपाल आदीवासी जनजाती महासंघ प्रवास साउदी अरब द्वारा संयुतm ?पमा संचालित कार्यक्रम रहेको थियो भने चण्डी पुर्णिमा र बैशाख पुर्णिमा को अवसरमा गत हप्ता सम्पन्न गरिएको थियो । जसमा आगन्तुकह?ले बुदम शरणम गच्छामी को श्लोक उच्चारण गर्दे ठुलो संख्यामा उपस्थिती जनाएका थिए ।
बुद्ध नेपालका हुन भन्ने तथ्य र यस्का लागी देश विदेशमा रहेको बुद्ध प्रतिको अवधारण तथा नेपालको धार्मिक प्रचार लाई पर्यटकिय संस्कृती का ?पमा चिनाउन आवश्यक रहेको पनि बताएका थिए ।