इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत आज साँझको बहुप्रतिक्षित एलिमिनेटर खेलमा गुजरात टाइटन्स (GT) र मुम्बई इन्डियन्स (MI) बीच रोमाञ्चक भिडन्त हुँदैछ। खेल आज साँझ ७:३० बजे मल्लनपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ।
यो एलिमिनेटर खेलको विजेता जुन १ मा हुने क्वालिफायर २ मा पंजाब किंग्ससँग भिड्नेछ, जहाँ विजेताले फाइनलमा रॉयल च्यालेन्जर्स बेंगलुरुसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
तर मौसमले पनि आजको खेललाई चुनौती दिइरहेको छ। मौसम विभागका अनुसार मल्लनपुरमा साँझपख वर्षाको सम्भावना छ। यदि खेल वर्षाका कारण रद्द भयो भने, लिग चरणमा उच्च स्थानमा रहेको गुजरात टाइटन्स स्वत: क्वालिफायर २ मा स्थान बनाउनेछ।
दुवै टोलीका लागि यो “कर या मरो” अवस्था हो। युवा प्रतिभा र अनुभवी खेलाडीले भरिपूर्ण यी दुई टोलीबीचको खेलले दर्शकहरूलाई उच्च रोमाञ्च दिने अपेक्षा गरिएको छ।

