संसद्‌को अवरोध खुलाउने विषयमा सभामुखले बोलाए सचेतकहरूको बैठक

काठमाडौँ — सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्।

 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध पार्ने भएपछि सभामुख घिमिरले कार्यव्यवस्था परामर्श समितिको बैठकअघि प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन्।

सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण गर्ने र आगामी क्यालेन्डरका विषयमा समेत तयारी गर्ने गरी छलफल बोलाइएको हो।

सभामुखको सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाइएको छ। त्यसपछि मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ...
घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेप...
असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असार २७, २०८२ काठमाडौँ — ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गरिएको छ ...
मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

असार २७, २०८२ काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति घोषणा गरिरहेका छन् । ...