साहित्यकार तथा पत्रकार विजय चालिसेको निधन

काठमाडौँ — साहित्यकार तथा पूर्व पत्रकार विजय चालिसेको शुक्रबार निधन भएको छ । ७४ वर्षीय उनको आज बिहान साढे ९ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

 

गोकर्णेश्वर नगरपालिका–९ निवासी चालिसेको अहिले गोकर्णेश्वर महादेव मन्दिर परिसरमा अन्त्येष्टी गरिँदै छ ।

२००८ साल असार २२ गने जोरपाटीको आरुबारीमा जन्मिएका चालिसे कुनैबेला गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादकसमेत रहेका थिए ।

चालिसेले पत्रकारिता, आख्यान, विज्ञान आख्यान एवं बालसाहित्य समेत दर्जनौं किताब लेखेका छन् ।

केही समयअघि मात्रै उनको ‘युगसन्धि’ नामक उपन्यास बजारमा आएको थियो । चालिसे आख्यानकार रमेश विकलका पुत्र हुन् ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ...
घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेप...
असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असार २७, २०८२ काठमाडौँ — ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गरिएको छ ...
मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

असार २७, २०८२ काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति घोषणा गरिरहेका छन् । ...