प्रचण्डलाई लिङ्देनको जवाफ- आफैंले पैसा तिरेर मान्छे ल्याएको सम्झनुभएछ

२०८२ जेठ १७ गते

७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र हल्लिँदा सबैभन्दा बढी पीर प्रचण्डलाई पर्नु स्वाभाविक रहेको बताएका छन् ।

राजसंस्था पुनस्थापनासहित शनिबार आयोजित आन्दोलनको क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

यसअघि आजै प्रचण्डले राजावादीहरूले बढी चुरीफुरी गरेको भन्दै चेतावनी दिएका थिए । प्रचण्डले पैसा दिएर मान्छेहरू काठमाडौंमा ल्याएको आरोप पनि लगाएका थिए ।

सोही विषयमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै लिङ्देनले भनेका छन्, ‘गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पीर उहाँलाई पर्नु स्वाभाविक हो । त्यसैले पीर परेको बेलामा के के बर्बराउनुहुन्छ, त्यसलाई अन्यथा मान्दिनँ ।’

प्रचण्डले पैसा तिरेर वा भोज खुवाएर मान्छे काठमाडौं ल्याएको आफ्नै अनुभव सुनाएको हुनसक्ने लिङ्देनको भनाइ थियो ।

‘उहाँले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न टाढा–टाढाबाट मान्छेहरू खोजेर ल्याउनुभएको थियो । पार्टी प्यालेसमा कुन प्रकारको भोज लगाउनुभएको थियो । उहाँहरूलाई थाहा छ,’ प्रचण्डले भने, ‘भोज खुवाएर, पैसा वितरण गरेर मान्छे ल्याउने र जुलुस गर्ने कुरा उहाँले आफ्नो अनुभव सुनाउनुभएको हो । त्यसमा मेरो टिप्पणी छैन ।’

उनले अहिलेको जसैगरी समर्थन जुटेको खण्डमा सरकारलाई झुक्न बाध्य बनाउने पनि बताए ।

‘यसरी नै जनसमर्थन जुट्यो भने हामीले सरकारलाई झुक्न बाध्य बनाउँछौं । जनसमर्थन आवश्यकता अनुसार पुग्न सकेन भने फेरि अर्को चोटि प्रयास गर्छौं । निरन्तर रुपमा लागिराख्छौं,’ लिङ्देनले भने ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

२०८२ असार २, सोमबार नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण काठमाडौं ...
इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

असार २, २०८२ काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय य...
संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

२०८२ असार २ गते उनले भने, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ,...
बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

काठमाडौँ — पूर्वाधार विकास समितिका अध्यक्ष दिपकबहादुर सिंहले आवश्यकताका आधारमा बजेटमा राखिने योजना र कार्यक्रम छनोट गर्नु पर्ने बत...