काठमाडौँ, १९ जेठः
गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को पूर्वसूचनाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटलाई तत्काल परिचालन गर्न निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल नेपालले गरेको विपद् पूर्वतयारीबारे आज जानकारी लिँदै उहाँले मनसुन सुरु नहुँदै तयारी अवस्थामा बस्न निर्देशन दिनुभयो । गृहमन्त्री लेखकले भन्नुभयो,“विपद् व्यवस्थापनको जिम्मेवारी सशस्त्र प्रहरीलाई तोकिएको छ, त्यसैले आजैदेखि मनसुनजन्य विपद्को तयारीमा लाग्नुहोस् ।पूर्वानुमान र पूर्वानुमान बेगर हुने विपद्का लागि तयार रहनुस् । जोखिमयुक्त बस्तीमा समयमा सूचना दिने र विपद्पश्चात् तत्काल उद्धार गरेर सुरक्षित ठाउँमा पु¥याउने अवस्था बनाउने गरी तयारी गर्न आवश्यक छ ।”

