नेपालमाथि भ्रष्टाचार मुद्दा, दाहाल भन्छन् : ओलीको प्रतिशोधको गन्ध आयो, अख्तियारमाथि पनि प्रश्न

जेष्ठ २३, २०८२

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियारले मुद्दा चलाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका छन् ।

 

शुक्रबार संसद्‍ भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष दाहालले मुद्दा दर्ता भए पनि अदालतले सफाइ दिनेमा स्वयं नेपाल र आफू पनि विश्वस्त रहेको बताएका हुन् ।

 

पहिले मन्त्रिपरिषद्का निर्णय आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर पन्छिएको अख्तियारको पछिल्लो कदमले प्रश्न पनि उब्जिएको दाहालले बताएका छन् । ‘स्वयं माधवजी नै आश्चर्यमा परेको कुरा गर्नु भएको छ, उहाँले अदालतप्रति पनि भरोसा देखाउनु भएको छ । अदालतले न्याय गर्छ भन्ने उहाँले विश्वास व्यक्त गर्नु भएको छ । छिट्टै सफाइ पाएर फर्किन्छु भन्ने उहाँले विश्वास व्यक्त गर्नु भएको छ । मैले पनि उहाँले सफाइ पाउनुहुन्छ होला भन्ने विश्वास गरेको छु,’ अध्यक्ष दाहालले भने ।

राजनीतिक प्रतिशोधको घटना हो भन्ने प्रश्नमा अध्यक्ष दाहालले भने, ‘प्रधानमन्त्रीको राजनीतिक प्रतिशोधको गन्ध आएको छ । अख्तियारको कदमले पनि केही प्रश्न त उठेको छ । कुनै पनि प्रधानमन्त्री र क्याबिनेटको नीतिगत निर्णय अख्तियारको क्षेत्राधिकारभन्दा बाहिरको विषय भएकाले ललिता निवास प्रकरणका सन्दर्भमा बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि जे प्रश्न उठेको थियो- अख्तियारले यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन जे गर्नु छ क्याबिनेटले नै गरोस् भनेर चिठी लेखेको मैले नै हेरेको छु । अहिले पनि माधवजीले नीतिगत निर्णय नै गरेको हो । २०६४ पछिका सबै प्रधानमन्त्री र मन्त्रीमाथि छानबिन गर्न हामीले नै भन्दै आएका छौँ तर यो नीतिगत र सैद्धान्तिक रूपले सही हो वा होइन भन्ने प्रश्नचाहिँ हो । ‘

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ...
घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेप...
असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असार २७, २०८२ काठमाडौँ — ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गरिएको छ ...
मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

असार २७, २०८२ काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति घोषणा गरिरहेका छन् । ...