नागढुंगा-नौबिसे सडक फेरि ५ दिन बन्द हुने

जेष्ठ २५, २०८२

काठमाडौँ — नागढुंगा-नौबिसे सडकको पिप्लामोड खण्ड सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । यसअघि जेठ १० देखि आज (आइतबार) सम्म दैनिक साढे चार घण्टा बन्द हुँदै आएको थियो । दैनिक बिहान साढे १० बजेबाट दिउँसो ३ बजेसम्म बन्द गरेर सडक निर्माण तथा सुधारको काम भइरहेको थियो ।

 

उक्त काम नसकिएपछि थप पाँच दिन त्यही समय राखेर सवारी आवागमन बन्द गरी काम गर्न लागिएको नागढुंगा-मुग्लिन सडक पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए ।

अब भने थपेको समयभित्र काम सकिने उनको भनाइ छ । ‘अब नागढुंगा चेकपोस्टबाट १ किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ,’ उनले भने, ‘झ्याप्ले खोलामा १ सय मिटरमा कालोपत्र गरिँदैन, नागढुंगा–सिस्नेखोला सुरुङबाट काठमाडौंतर्फ आउने सडक २.२ किमि कालोपत्र गरिसकिएको छ ।’

उक्त अवधिभर सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ । आयोजनाले साना तथा मझौला सवारीसाधनका लागि वैकल्पिक रुटका रुपमा सीतापाईला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न भनेको छ । विभिन्न जिल्लाबाट काठमाडौं भित्रिने सवारी साधनलाई धादिङको खानीखोलामा रोकेर काम गरिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

२०८२ असार २, सोमबार नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण काठमाडौं ...
इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

असार २, २०८२ काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय य...
संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

२०८२ असार २ गते उनले भने, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ,...
बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

काठमाडौँ — पूर्वाधार विकास समितिका अध्यक्ष दिपकबहादुर सिंहले आवश्यकताका आधारमा बजेटमा राखिने योजना र कार्यक्रम छनोट गर्नु पर्ने बत...