प्रेमिकाको हत्या आरोपमा भारतमा एक नेपाली पक्राउ

जेष्ठ २५, २०८२

A Nepalese man was arrested in India on charges of murdering his girlfriend
तस्बिर : तेलंगाना टुडे

काठमाडौँ — प्रेमिकाको हत्या आरोपमा भारतमा एक नेपाली पक्राउ परेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार ३३ वर्षीया प्रेमिका तारा बोहराको हत्या आरोपमा ३० वर्षीय विजय टोपा पक्राउ परेका हुन् ।

तेलंगाना टुडेका अनुसार बोहरा र टोपा ‘लिभ-इन रिलेसनसिप’ मा थिए । तेलंगाना टुडेका अनुसार टोपाले हत्या गरेर बोहराको शव ट्रली ब्याग(सुटकेस)मा फ्याँकेका थिए । सोही ट्रली ब्यागका आधारमा प्रहरी टोपासम्म पुगेको हो । प्रहरीका अनुसार दुवै जनाको भेट फेसबुकमार्फत भएको थियो । बोहरा विवाहित हुन् ।

उनका दुई सन्तानसमेत रहेको तेलंगाना टुडेले जनाएको छ । उनी यसै वर्षको अप्रिलदेखि टोपासँग हैदराबादमा बस्न आएकी थिइन् । बोहरा गर्भवती भएपछि हैदराबादकै एउटा भाडाको घरमा बस्ने उनीहरूबीच झगडा भएको थियो । टोपाले गर्भपतन गराउन दबाब दिँदै आएको र नियमितजसो झगडा हुने पनि समाचारमा उल्लेख छ ।

मे २३ मा टोपाले नाइलनको डोरीले घाँटी कसेर बोहराको हत्या गरेका थिए । अर्को दिन उनले कुकटपल्लीबाट ट्रली ब्याग किनेर ल्याए । त्यही ट्रली ब्यागमा बोहराको शव राखेर बाचुपल्लीको खालि ठाउँमा फ्याँकिदिए । जुन ४ मा स्थानीयले उक्त ब्याग देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त घटनाको अनुसन्धान गर्न प्रहरीले ५ वटा विशेष टोली परिचालन गरेको थियो । सीसीटीभी फुटेजबाट ७० वटा ब्याग पसलमा छानबिन भएको थियो । त्यत्तिकैमा एउटा फुटेजमा टोपाले ब्याग किन्दै गरेको देखिएपछि प्रहरी घटनाको चुरोसम्म पुगेको हो । उनलाई बिहीबार पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । सोधपुछका क्रममा उनले आफ्नो अपराध स्वीकार गरेको समेत प्रहरीले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

२०८२ असार २, सोमबार नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण काठमाडौं ...
इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

असार २, २०८२ काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय य...
संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

२०८२ असार २ गते उनले भने, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ,...
बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

काठमाडौँ — पूर्वाधार विकास समितिका अध्यक्ष दिपकबहादुर सिंहले आवश्यकताका आधारमा बजेटमा राखिने योजना र कार्यक्रम छनोट गर्नु पर्ने बत...