४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट : सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म

आइतबार, २५ जेठ २०८२

काठमाडाैँ । सरकारले ४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट दिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म सो बराबरको छुट दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

यसरी छुट पाउने कम्पनीहरुमा सबैभन्दा नेपाल विद्युत् प्राधिकरण सबैभन्दा अगाडि छ । प्राधिकरणले १ अर्ब ८७ करोड रुपैयाँ बराबरको भन्सार छुट पाएको छ । त्यस्तै, नेपाली सेनाले ७४ करोड ६८ लाख, राष्ट्रिय विपद् प्राधिकरणले २१ करोड ८५ लाख रुपैयाँ छुट पाएका छन् ।

त्यस्तै, चीन झियाङसू अन्तर्राष्ट्रिय आर्थिक र प्राविधिक सहकारी समूहले २० करोड ३१ लाख, घोराही मेडिचपुरकम्पनीले २० करोड, सिनो हाइड्रो कर्पोरेसनले ११ करोड ३९ लाख, पुरातत्व विभागले १० करोड ७७ लाख रुपैयाँ रराजश्व छुट पाएका छन् ।

त्यस्तै, छुट पाउने सूचीमा रुपन्देहीको केएसएम बसिर मोहम्मद एण्ड सन्स, सिमिजु कोअपरेसन, कोकन रेल्वे कर्पोरेसन लगायत समेत छन् ।

धुलिखेलको पतञ्जली आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले समेत २३ हजार रुपैयाँ राजश्व छुट प्राप्त गरेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *