मस्कले ‘फिर्ता लिए’ ट्रम्पविरोधी अभिव्यक्ति

जेष्ठ २८, २०८२
Musk 'takes back' anti-Trump remarks

काठमाडौँ — राष्ट्रपति ट्रम्प र एलोन मस्कले गत साता सामाजिक सञ्जालमा एकअर्काको कडा आलोचना गरे । ट्रम्पले आफ्ना पूर्व सल्लाहकारसँगको सम्बन्ध सुधार गर्न कुनै चासो नभएको पनि बताए ।

 

इलन मस्कले बुधबार बिहान आफ्नै स्वामित्वमा रहेको सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै गत साता राष्ट्रपति डोनाल्ड ट्रम्पको बारेमा आफ्ना केही पोस्ट र टिप्पणीहरूमा ‘पश्चाताप’ गरेका छन् । मस्कले राष्ट्रपति ट्रम्पका विरोधमा श्रृंखलाबद्ध रूपमा एक्समा लेखेपछि ट्रम्पले पनि त्यसको कडा जवाफ दिएका थिए ।

मस्कले बुधबार आफ्नो प्लेटफर्ममा ट्रम्पका बारेमा उनका केही पोस्टहरू ‘धेरै टाढा पुगेको’ उल्लेख गरेका छन् । विश्वका सबैभन्दा धनी व्यक्ति मस्क, एक समय राष्ट्रपतिका निकटतम सल्लाहकारहरूमध्ये एक थिए, जसले सरकारी खर्चका साथै संघीय कर्मचारी घटाउने प्रयास ‘डज’को सुपरिवेक्षण गरिरहेका थिए । तर, टेस्लाका प्रमुख कार्यकारी मस्क ट्रम्प प्रशासनको आफ्नो भूमिकाबाट बाहिरिएसँगै नाटकीय रुपमा ट्रम्प विरोधी भएर प्रस्तुत भएका थिए ।

दुवै जनाले सामाजिक सञ्जालमा एकअर्काको आलोचना गरेसँगै ट्रम्पले मस्कसँग सम्बन्ध सुधार गर्न आफूलाई कुनै चासो नरहेको बताएका थिए । मस्कले सार्वजनिक रूपमा पश्चाताप गरेसँगै राष्ट्रपतिसँगको उनको गतिरोध सम्भावित रूपमा अन्त्य हुने संकेत मानिएको छ । गत साता अप्रत्यासित उतारचढाव पछि मस्कले एक कदम पछि हट्दै दुई जना एकसाथ नै बलियो हुने अभिव्यक्ति सार्वजनिक गरेका थिए । त्यससँगै उनले आफ्ना केही सबैभन्दा उत्तेजक सामाजिक सञ्जाल पोस्टहरू पनि मेटाएका थिए । सँगै ट्रम्पले पनि मस्कका बारेमा सार्वजनिक आलोचनाहरू कम गरेका थिए ।

लस एन्जलसमा भएको विरोध प्रदर्शनले दुई जना सहमत हुने मुद्दा बनेको छ । एलएमा ट्रम्पको आप्रवासन नीतिको विरोधमा भइरहेको प्रदर्शनलाई नियन्त्रणमा राख्न ठोस र तत्काल प्रतिक्रियाको आवश्यकता रहेको ट्रम्पको भनाइलाई मस्कले पनि समर्थन गरेका छन् । उनले समर्थन मात्रै गरेका छैनन्, आफ्नो सामाजिक सञ्जाल एक्सलाई ट्रम्पको नीतिलाई समर्थन जुटाउने माध्यम पनि बनाइरहेका छन् ।

ट्रम्पको पछिल्लो चुनावी अभियानमा लगभग २७५ मिलियन डलर खन्याउने मस्क रिपब्लिकन राजनीतिमा सबैभन्दा ठूलो दाता हुन् । उनको आफ्नै स्वामित्वमा रहेको एक्समा उनका फलोअर्स पनि धेरै नै छन् । तर मस्कको तुलनामा ट्रम्पको राजनीतिक शक्ति भने निकै ठूलो रहेको छ । मस्कका कम्पनीहरू, विशेष गरी टेस्ला र स्पेसएक्सले हालैका वर्षहरूमा संघीय सरकारबाट अर्बौं डलरका सम्झौताहरू प्राप्त गरेका छन् । दुईको भर्चुअल भनाभनसँग ट्रम्पले मस्कका कम्पनीलाई दिइएका सम्झौताहरूमा पुनरावलोन गर्दै रद्द गर्ने धम्की दिएका थिए ।

मस्कका कम्पनीहरूलाई २०२३ मा मात्रै १७ संघीय एजेन्सीले ३ अर्ब डलर बराबरका योजनाहरू प्रदान गरेका छन् । दुई व्यक्तिहरूका सहयोगीहरूले उनीहरूलाई मेलमिलाप गर्न आग्रह गरेका थिए । विवाद सुरुमा मस्कले ट्रम्पको घरेलु नीति विधेयकको आलोचना गरेका थिए । जसलाई उनले ‘घृणित’ भनेर निन्दा गरेका थिए । तर विवाद चाँडै नै तुच्छ र व्यक्तिगत आक्रमणहरूमा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ...
घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेप...
असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असार २७, २०८२ काठमाडौँ — ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गरिएको छ ...
मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

असार २७, २०८२ काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति घोषणा गरिरहेका छन् । ...