जेष्ठ २८, २०८२
अमेरिका — अमेरिकाको लस एन्जलसमा आप्रवासन छापामारीलाई लिएर विरोध प्रदर्शन र हिंसापछि पक्राउ गर्न थालिएको छ ।
शहरको मुख्य क्षेत्रमा भारी संख्यामा सुरक्षा बल तैनाथ गरिएकफ छ । कर्फ्यू उल्लंघन गरेको आरोपमा दर्जनौं प्रदर्शनकारीई पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।
यद्दपि सडकमा यूएस मरीन या नेशनल गार्डका सैनिकको उपस्थिति भने देखिएको छैन ।
हाल फेडरल ट्र्प्सको तैनाथी विवादास्पद छ । प्रदर्शनकारीलाई पक्राउ गर्दा उनीहरुलाई देखिएको छैन । एलएल प्रहरी विभागका अनुसार लस एन्जलसका कैयौं क्षेत्रमा कर्फ्यू लगाइएको छ । ठूलो संख्यामा पक्राउ अभियान चलाइएको प्रहरीले जनाएको छ ।
एलए प्रहरीले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै भनेको छ, ‘स्प्रिङ्ग र अल्मेडाको बीचमा एक स्ट्रिडमा कैयौं मानिसहरु समूहमा जम्मा भएका छन् ।’