दाहाल-नेपाल भेटपछि विपक्षी दलको बैठक

जेष्ठ २९, २०८२

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल माओवादीका नेता पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । दुवै विपक्षी नेताबीच संसद्‍मा जारी अवरोधका विषयमा छलफल भएको थियो ।

 

छलफल सकिएपछि अहिले संसद् भवनमा विपक्षी दलको बैठक बसिरहेको छ ।

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने माग राख्दै आएका छन् । बजेट प्रस्तुतबाहेक जेठ १३ देखि प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *