राप्रपा अध्यक्ष लिङ्देनको आरोप : सभामुखले भद्रगोल तरिकाले संसद् बैठक चलाउनुभयो

असार २, २०८२

काठमाडौँ — राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सभामुख देवराज घिमिरले संसदीय परम्पराविपरीत प्रतिनिधिसभा बैठक अगाडि बढाएको आरोप लगाएका छन् । सोमबार संसद् बहिष्कारपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले संसदीय मर्यादा र परम्पराविपरीत बैठक अगाडि बढाएको बताएका हुन् ।

 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने राप्रपा र रास्वपाको माग यथावत छ । यद्यपि यही माग राख्दै आएको प्रमुख प्रतिपक्षी माओवादीले भने सत्ता पक्षसँग सहमति गरी बैठकमा सहभागी भएको छ ।

राप्रपाले लगातार दोस्रो दिन प्रतिनिधिसभा बैठक बहिष्कार गरेको हो । ‘बजेटसम्बन्धी छलफलमा सहभागी हुने वातावरण नै सभामुखले बनाउनु भएको छैन । कुनै पनि सांसदले उठेर आफ्नो असहमति जनाइरहेका बेला संसद् अवरुद्ध मानिन्छ । अहिले दुइटा महत्त्वपूर्ण पार्टीहरूले भिजिट भिसा प्रकरणमा फरक मत राखिरहेका बेला वार्ता र संवादबाट समाधान खोज्नुको सट्टा सभामुखले जबर्जस्ती भद्रगोल तरिकाले संसद् अगाडि चलाउनु भएको छ,’ उनले भने ।

बैठकमा सहभागी नभएको दिनको भत्ता पनि नलिने जानकारी दिँदै उनले भने, ‘संसदीय मर्यादाविपरीत काम भएको हुनाले बैठकमा सहभागी हुनु अनुचित हुने ठानेर बहिष्कार गरेको हो । हामीले यस विषयमा सभामुखलाई पनि जानकारी गराएका छौँ ।’

संसद् बहिष्कार गर्दा बजेटसम्बन्धी छलफलमा सहभागी हुन पाउनु भएन नि ! भन्ने प्रश्नमा उनले भने, ‘बजेटको छलफल पनि एउटा विधि पुर्‍याउने मात्र हो । न यसमा संशोधन हुन्छ । कुनै एउटा नेताको खल्तीबाट आएको बजेट हो । तर पनि सभामुखले सहज वातावरण बनाएको भए हामी छलफलमा सहभागी हुन्थ्यौँ ।’

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ...
घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेप...
असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असार २७, २०८२ काठमाडौँ — ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गरिएको छ ...
मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

असार २७, २०८२ काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति घोषणा गरिरहेका छन् । ...