युद्धविराम हुने ट्रम्पको दाबीपछि पनि इरान–इजरायलबीच युद्ध जारी

असार १०, २०८२
Even after Trump's claim of a ceasefire, the war between Iran and Israel continues

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको दाबी गरेपछि पनि इरान–इजरायलबीच युद्ध जारी छ ।

न्युयोर्क टाइम्सका अनुसार ट्रम्पको घोषणाको तीन घण्टापछि इजरायलले इरानमा नयाँ आक्रमण गरेको छ ।

यता इरानका विदेशमन्त्री अब्बास अरागचीले पनि नेपाली समयअनुसार बिहान ७ बजेसम्म इरानी सैनिक युद्ध लडिरहेको बताएका छन् ।

इजरायली सेनाका अनुसार इरानले इजरायलमा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको छ । हाल यस आक्रमणमा कुनै क्षतिको जानकारी दिइएको छैन । इजरायल सरकराले फेरि एकपटक नागरिकलाई आक्रमणको अलर्ट पठाएको छ ।

इजरायलको राजधानी तेल अविवमा सरकारका तर्फबाट आक्रमणको सूचना पठाउँदै साइरन बजाइएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ...
घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेप...
असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असार २७, २०८२ काठमाडौँ — ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गरिएको छ ...
मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

असार २७, २०८२ काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति घोषणा गरिरहेका छन् । ...