इटालीमा गर्मीको लहर, प्रमुख शहरहरूमा उच्च स्वास्थ्य शतर्कता जारी

असार १२, २०८२

Heat wave in Italy, high health alert in major cities

इटाली — इटालीभर ठूलो गर्मीको लहर फैलिरहेको छ । इटालीका अधिकारीहरूका अनुसार धेरै प्रमुख शहरहरूमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले जुन २४ र त्यसपछिका दुई दिनका लागि गर्मीको शतर्कता जारी गरेको छ । जनतालाई रोकथाम निर्देशिकाहरू पालना गर्न र अस्पताल वा राष्ट्रिय हेल्पलाइनमा कुनै पनि आपतकालीन अवस्थाको रिपोर्ट गर्न आग्रह गरेको छ ।

मंगलबार मध्य इटालीको फ्लोरेन्स र उत्तरपश्चिममा टुरिन जस्ता लोकप्रिय पर्यटकीय स्थलहरूसहित सात शहरहरूलाई ओरेन्ज शतर्कता अन्तर्गत राखिएको छ ।

आगामी दिनहरूमा अवस्था बिग्रने अनुमान गरिएको छ । पछिल्लो बुलेटिनअनुसार बुधबार १३ शहरहरू ओरेन्ज शतर्कता अन्तर्गत रहनेछन् । क्षेत्रीय अधिकारीहरूले बासिन्दा र पर्यटकहरूलाई विशेष चेतावनी पनि जारी गरेका छन् ।

मध्य इटालीको टस्कनीमा, तापक्रम ३७ देखि ४१ डिग्री सेल्सियसको बीचमा हुने पूर्वानुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *