इटालीमा गर्मीको लहर, प्रमुख शहरहरूमा उच्च स्वास्थ्य शतर्कता जारी

असार १२, २०८२

Heat wave in Italy, high health alert in major cities

इटाली — इटालीभर ठूलो गर्मीको लहर फैलिरहेको छ । इटालीका अधिकारीहरूका अनुसार धेरै प्रमुख शहरहरूमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले जुन २४ र त्यसपछिका दुई दिनका लागि गर्मीको शतर्कता जारी गरेको छ । जनतालाई रोकथाम निर्देशिकाहरू पालना गर्न र अस्पताल वा राष्ट्रिय हेल्पलाइनमा कुनै पनि आपतकालीन अवस्थाको रिपोर्ट गर्न आग्रह गरेको छ ।

मंगलबार मध्य इटालीको फ्लोरेन्स र उत्तरपश्चिममा टुरिन जस्ता लोकप्रिय पर्यटकीय स्थलहरूसहित सात शहरहरूलाई ओरेन्ज शतर्कता अन्तर्गत राखिएको छ ।

आगामी दिनहरूमा अवस्था बिग्रने अनुमान गरिएको छ । पछिल्लो बुलेटिनअनुसार बुधबार १३ शहरहरू ओरेन्ज शतर्कता अन्तर्गत रहनेछन् । क्षेत्रीय अधिकारीहरूले बासिन्दा र पर्यटकहरूलाई विशेष चेतावनी पनि जारी गरेका छन् ।

मध्य इटालीको टस्कनीमा, तापक्रम ३७ देखि ४१ डिग्री सेल्सियसको बीचमा हुने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ...
घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेप...
असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असार २७, २०८२ काठमाडौँ — ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गरिएको छ ...
मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

असार २७, २०८२ काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति घोषणा गरिरहेका छन् । ...