सिरहाबाट लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

असार १२, २०८२

सिरहा — सिरहाबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । भगवानपुर गाउँपालिका–४ ठाँडी बजारबाट ब्राउन सुगरसहित बुधबार दुई भारतीय पक्राउ परेका हुन् ।

 

प्रहरीका अनुसार, पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुबनी जिल्लास्थित ग्राम पञ्चायत झौरा पथराहीका ४० वर्षीय रामनारायण साह र ग्राम पञ्चायत गोइत प्रसाहीका २७ वर्षीय राजन बाबु साह छन् ।

उनीहरूको साथबाट ४० ग्राम ब्राउन सुगर बरामद गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए । प्रहरीले उनीहरू सवार भारतीय नम्बर प्लेटको बीआर ३२ एडी ६९९३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद लिएर उनीहरूमाथि विस्तृत अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ...
घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

घर खरिद र बनाउन बैंकबाट ३ करोडसम्म कर्जा दिइने

शुक्रबार, २७ असार २०८२ काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेप...
असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असारमै पानी नपरेपछि मधेश प्रदेश सुक्खाग्रस्त घोषणा, राहतका लागि संघ सरकारलाई आग्रह गर्ने

असार २७, २०८२ काठमाडौँ — ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंश मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गरिएको छ ...
मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

असार २७, २०८२ काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति घोषणा गरिरहेका छन् । ...