मौद्रिक नीति घोषणा गर्दै गभर्नर पौडेल

असार २७, २०८२

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष ०८२/०८३ को मौद्रिक नीति घोषणा गरिरहेका छन् । राष्ट्र बैंकका अनलाइन प्लाटफर्म मार्फत जारी मौद्रिक नीतिको घोषणा सकेपछि पत्रकार सम्मेलन गर्ने राष्ट्र बैंकको तयारी छ ।

अघिल्ला वर्षहरूमा प्रायः साउन पहिलो सातादेखि मौद्रिक नीति आउने गरेकोमा यस वर्ष नयाँ गभर्नर पौडेलले आफ्नो पहिलो नीति असारभित्रै ल्याएका हुन् ।

वित्त नीति (बजेट) साउन १ देखि कार्यान्वयनमा आउने भएकाले मौद्रिक नीतिलाई पनि सोही मितिदेखि कार्यान्वयनमा ल्याउन खोजिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *